मधेस


मोटर मर्मत गर्न इनारभित्र पसेका बाबु छोराको करेन्ट लागेर मृत्यु

मोटर मर्मत गर्न इनारभित्र पसेका बाबु छोराको करेन्ट लागेर मृत्यु

सांकेतिक तस्बिर


नेपालखबर
भदौ १६, २०७९ बिहिबार १९:५१, जनकपुरधाम

सिरहामा इनारभित्रै करेन्ट लागेर बुबा र छोराको मृत्यु भएको छ।

गोलबजार नगरपालिका ६ बस्ने बिजय साह र उनका छोरा अमर साहको बिहीबार करेन्ट लागेर मृत्यु भएको हो।

बिहीबार अपराह्न ४ बजे पानी तान्ने मोटर मर्मतको लागि इनारभित्र पसेका बेला बुबाछोराको करेन्ट लागेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

स्थानीयका अनुसार मोटरसमा खराबी आएपछि ठीक गर्न पहिला बाबु इनारभित्र पसेका थिए। बुबालाई करेन्ट लागेपछि छोरासमेत ईनार भित्र पस्दा करेन्ट लागेर मृत्यु भएको स्थानीयको भनाइ छ।

शवलाई ईनारबाट निकालेर पोस्टमार्टमका लागि अस्पताल लगिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad