लुम्बिनी


बुटवलको सडकपेटी अतिक्रमण हटाउन डोजर चलाइयो

बुटवलको सडकपेटी अतिक्रमण हटाउन डोजर चलाइयो

नेपालखबर
बैशाख २, २०८३ बुधबार २१:४३, काठमाडौँ

पैदलयात्री र सवारी साधनको आवागमन सहज बनाउन बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रमा अतिक्रमण हटाउँदै सडक खाली गर्ने अभियानलाई तीव्र बनाएको छ। 

सोही क्रममा बुधबार डोजर परिचालन गरी सडक पेटी र सडक छेउमा फैलिएको अव्यवस्थित संरचना हटाइएको हो।

लामो समयदेखि फुटपाथमै व्यापार, जथाभावी ठेला राख्ने र सडक किनारमै सवारी तथा सामग्री राख्ने प्रवृत्तिका कारण आवागमन प्रभावित हुँदै आएको थियो। पैदलयात्रुलाई हिँडडुलमा समस्या हुनुका साथै सवारी सञ्चालनसमेत अवरुद्ध हुने अवस्था बढेपछि उपमहानगरपालिकाले कडाइका साथ कदम अघि बढाएको जनाएको छ।

यसअघि नै माइकिङ गरी तथा सूचना जारी गर्दै अतिक्रमण हटाउन आग्रह गरिएको भए पनि अटेर भएपछि डोजर प्रयोग गरिएको हो।

उपमहानगरपालिकाले यो अभियानलाई सहरलाई व्यवस्थित र सुरक्षित बनाउने दीर्घकालीन योजनाको हिस्सा भएको जनाएको छ।

पहिलो चरणमा फुटपाथ तथा ठेला व्यवस्थापनमा ध्यान दिइएको छ भने आगामी चरणमा सडकमा छाडा छोडिएका चौपायाको व्यवस्थापन गरिने तयारी रहेको बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले जनाए। छाडा पशुका कारण बढ्दो दुर्घटना जोखिमलाई मध्यनजर गर्दै नियन्त्रण अभियान सञ्चालन गर्न लागिएको उनले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad