लुम्बिनी


रुपन्देही-४ मा कांग्रेसले टिकट नदिएपछि एमाले उम्मेदवार बनेका प्रमोद यादवको अग्रता

रुपन्देही-४ मा कांग्रेसले टिकट नदिएपछि एमाले उम्मेदवार बनेका प्रमोद यादवको अग्रता

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार ८:०, रुपन्देही

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ मा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार प्रमोद कुमार यादव अग्रस्थानमा देखिएका छन्।

मधेसी समुदायको बस्ती रहेको यस क्षेत्रमा हालसम्मको मतपरिणामअनुसार यादवले २ हजार ६९८ मत प्राप्त गरेका छन्।

उनी नेपाली कांग्रेसबाट टिकट नपाएर नेकपा एमाले प्रवेश गरेर उम्मेदवार बनेका थिए।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका आशुतोष मिश्रले २ हजार २४७ मत पाएका छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कन्हैया बनियाले १ हजार ८३० मत प्राप्त गरेका छन्।

रुपन्देही क्षेत्र नम्बर ४ मा यसपटक ७६ हजार ८१२ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad