रुपन्देही–२ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शुलभ खरेलले आफ्नो सचिवालयका व्यक्तिहरूमाथि कुटपिट भएको दाबी गरेका छन्।
सामाजिक सञ्जालमा उनले आफू बसेकै होटलमा सचिवालयका व्यक्तिहरूमाथि कुटपिट भएको बताएका हुन्।
खरेलले आफूहरु होटलमा बसिरहेका बेला अज्ञात समूह आएर आफ्ना सचिवालयका कार्यकर्तामाथि हातपात गरेको बताएका छन्।
समानुपातिक उम्मेदवार मञ्जु भुसालले खामा खान बसिरहेको समयमा आएका हुलले शुरक्षाकर्मीकै डन्डाले समेत सचिवालयका कार्यकर्ता माथी कुटपिट भएको बताइन्।
बुटवल ९ इट्टाभट्टीमा रहेको एक होटलमा राष्ट्रिय स्वतन्त्र पार्टी र एमाले कार्यकर्ताहरुबीच विवाद र धक्कामुक्का भएको हो।
एमाले कार्यकर्ताहरुले सुलभले पैसा बाँड्न लागेको दाबी गरिरहेका छन्।
रास्वपा उम्मेदवार खरेल मौन अवधिमा आचारसंहिता विपरितका कार्य गरेको भन्दै होटलमा एमाले कार्यकर्ताहरु प्रवेश गरेपछि केहीबेर धक्कामुक्का भएको प्रहरीले जनाएको छ। एमाले कार्यकर्ताहरुले उम्मेदवार खरेल सहितका रास्वपा कार्यकर्ताहरुले आर्थिक चलखेल गर्दै गरेको आरोप लगाएका छन्।
होटलमा सामान्य झै झगडा भएको र अहिले अवस्था नियन्त्रणमा रहेको रुपन्देही प्रहरी प्रमुख एसपी जनकबहादुर शाहीले बताए। उनले सुलभले संकास्पद गतिविधि नगरेको बताउदै फेसबुकमा आएजस्तो पैसा बाँडेको कुरामा सत्यता नभएको दाबी गरे।
Shares

प्रतिक्रिया