लुम्बिनी


रुपन्देही-३ का उम्मेदवार महेन्द्र यादव पक्राउ

रुपन्देही-३ का उम्मेदवार महेन्द्र यादव पक्राउ

नेपालखबर
फागुन २०, २०८२ बुधबार २२:२८, बुटवल

रुपन्देही क्षेत्र नम्बर ३ का एक स्वतन्त्र उम्मेदवार पक्राउ परेका छन्।सिद्धार्थनगर नगरपालिका–७ जनकपथ निवासी ४८ वर्षीय महेन्द्र यादवलाई बैंकिङ कसुर (विगो) मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भैरहवाले जनाएको छ।

उनी रास्वपाबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए।

अदालतको आदेशअनुसार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख (एसपी) जनक शाहीले जानकारी दिए।

चितवन जिल्ला अदालतको २०८१ माघ २५ गतेको फैसलाबमोजिम उनलाई बैंकिङ कसुर मुद्दामा रु. ३० लाख साँवा तथा बिगो बमोजिम जरिवाना हुने ठहर भएको थियो।

उक्त बिगो वापतको कैद तथा जरिवाना प्रयोजनार्थ उपस्थित गराउन अदालतबाट आदेश आएपछि प्रहरीले खोजी तीव्र पारेको थियो।

प्रहरी टोलीले उनलाई आज सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डी क्षेत्रबाट पक्राउ गरेको जनाएको छ। 

पक्राउ परेका यादवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी चितवन जिल्ला अदालतमा उपस्थित गराउन पठाइएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad