अछाम पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहको चुनावी अभियान टोलीका एक सदस्य बेहोस भएका छन्।
अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाका अनुसार बालेनसँगै अछाम आइपुगेका नुवाकोट घर भएका ४३ वर्षीय दिनेश सिटौला बिरामी परेका हुन्।
उनका अनुसार सिटौला आज बिहान एक्कासि बेहोस भएपछि अछाम सदरमुकाम मंगलसेनस्थित जिल्ला अस्पतालमा भर्ना गरिएको छ।
तर थप उपचारका लागि उनलाई काठमाडौँ लाने तयारी भइरहेको छ।
त्यसका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर अछाम मगाइएको प्रमुख जिल्ला अधिकारी बुढाले बताए।
अछाममा चुनावी अभियान सकेर बालेनको टोली आजै कर्णाली प्रदेशको दैलेख प्रवेश गर्ने तालिका छ।
1.4k
Shares

प्रतिक्रिया