लुम्बिनी


रुपन्देही-३ : कांग्रेसबाट बालकृष्ण खाणसहित ६ जना सिफारिस

रुपन्देही-३ : कांग्रेसबाट बालकृष्ण खाणसहित ६ जना सिफारिस

फाइल तस्बिर


नेपालखबर
मंसिर २४, २०८२ बुधबार १२:१९, देवदह (रुपन्देही)

नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही-३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित  ६ जनाको नाम सिफारिस गरेको छ। 

क्षेत्रीय कार्य समितिको मंगलबारको बैठकले प्रत्यक्षतर्फ खाणसहित सुशील गुरुङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोविन्दबहादुर खत्रीको नाम सिफारिस गरेको क्षेत्रीय सचिव लेखनाथ भट्टराईले जानकारी दिए।

यसैगरी, समानुपातिकतर्फ जन्नतुननिशा धुनिया, पुष्पाथरुनी र माधवी शर्मालाई सिफारिस गरिएको उनले बताए।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad