राजनीति


निर्वाचन आउन ८५ दिन बाँकी : केही मतदानस्थल पुनरवलोकन गर्दै आयोग

निर्वाचन आउन ८५ दिन बाँकी : केही मतदानस्थल पुनरवलोकन गर्दै आयोग

नेपालखबर
मंसिर २४, २०८२ बुधबार १२:५४, काठमाडौँ

निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरवलोकन गर्ने भएको छ।

आयोगले सूचना जारी गरी सहज रूपमा मतदान गर्ने प्रयोजनका लागि मतदानस्थल पुनरवलोकन गर्न लागिएको जानकारी दिएको हो।

आयोगले पुनरवलोकनका क्रममा कुनै मतदाताको नाम सम्बन्धित मतदानस्थलमा सार्न वा समावेश हुन छुट भएको भए हाल सञ्चालन भइरहेको मतदाता नामावली अद्यावधिक कार्यक्रममा मिलाउन भनेको छ।

सो कार्यक्रम यही मंसिर २६ गतेसम्म चल्नेछ।

नामावलीमा रहेका त्रुटि सच्याउने, दाबी विरोध गर्ने कामका अतिरिक्त एउटै वडाभित्र रहेको कुनै एक मतदानस्थलबाट आफूलाई पायकपर्ने अर्को मतदानस्थलमा नाम सार्नका लागि निवेदन दिनसक्ने सुविधा रहेको सूचनामा उल्लेख छ।

मतदाताले सम्बन्धित वडाभित्रकै अर्को मतदानस्थलमा आफ्नो नाम सार्न चाहेमा सम्बन्धित निर्वाचन कार्यालयमा गई वा आयोगको वेबसाइटमार्फत अनलाइन निवेदन दिन अनुरोध गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad