लुम्बिनी


अर्घाखाँचीमा जिप दुर्घटना, २ जनाको मृत्यु, २४ घाइते

अर्घाखाँचीमा जिप दुर्घटना, २ जनाको मृत्यु, २४ घाइते

नेपालखबर
असोज १३, २०८२ सोमबार ८:१२, काठमाडौँ

अर्घाखाँचीको सन्धिखर्क ९ टारीमा जिप (फोर्स गाडी ) दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।

बुटवलबाट गुल्मीको पुर्कोटदह तर्फजाँदै गरेको लु १ ज ४७२४ को सो जिप आज बिहान सन्धिखर्क–ढोरपाटन सडकखण्डमा दुर्घटना भएको हो।

दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवस जिसीले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा २४ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ। 

मृत्यु हुनेमा गुल्मी मदाने गाउँपालिका–६ पुर्कोटका १० वर्षीया अरुणा थापा र मदाने–७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख जिसिले बताए। 

घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ। एकजना घाइतेलाई थप उपचारका लागि बुटवल ‘रिफर’ गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad