समाज


काठमाडौँबाट काँकडभिट्टा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, १४ जना घाइते (नामावली)

काठमाडौँबाट काँकडभिट्टा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, १४ जना घाइते (नामावली)

नेपालखबर
असोज १३, २०८२ सोमबार ८:३२, काठमाडौँ

काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको बस आज बिहान सिन्धुलीको दुधौली नगरपालिका-५ घारीथुम्सीस्थित मदन-भण्डारी राजमार्गमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। 

सिन्धुली प्रहरीले दिएको जानकारीअनुसार बा. प्र ०१-००६ ख ९४२२ नम्बरको बस आफैँ अनियन्त्रित भई रङसाइडतर्फ २२ फिट तल धानबारीमा खसेको हो। 

दुर्घटनामा घाइते भएकामध्ये ८ जनाको अवस्था मध्यम छ भने बाँकी ६ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 

घाइतेमध्ये ५ जनाको उपचार कटारी अस्पताल र ९ जनाको उपचार सिर्थौली अस्पतालमा भइरहेको छ।

कटारी अस्पतालमा उपचार भइरहेको घाइतेको विवरण:

१. जिल्ला काभ्रे धुलिखेल न.पा.२ बस्ने वर्ष २३ का माधव न्यौपाने, बाँया हात र खुट्टामा चोट सामान्य

२. जिल्ला झापा केरखा गा.पा.३ बस्ने वर्ष ३६ का सन्दीप योङखानी- बाँया हात र खुट्टामा चोट सामान्य

३. जिल्ला झापा दमक न.पा.३ बस्ने वर्ष ३६ का मुन्ना अधिकारी- टाउको, बाँया हात र खुट्टामा चोट, अवस्था मध्यम

४. उनकी छोरी वर्ष १९ की सुशीला अधिकारी- दाँया हात र खुट्टामा चोट, अवस्था सामान्य

५. जिल्ला झापा दमक न.पा.१ बस्ने वर्ष ४८ को दिनेश केसी खत्री- दाँया पाखुरामा चोट, अवस्था सामान्य

सिर्थौली अस्पतालमा उपचार भइरहेको घाइतेको विवरण:

१. जिल्ला मोरङ सुन्दरहरैचा गा.पा.८ बस्ने वर्ष ४३ का लोकबहादुर थापा (टाउको, दाँया खुट्टामा चोट अवस्था मध्यम)

२. जिल्ला इलाम सूर्योदय न.पा.१४ बस्ने वर्ष २२ की लीला भट्टराई- मुख र टाउकोमा चोट, अवस्था मध्यम

३. जिल्ला काठमाडौँ महालक्ष्मी न.पा.७ बस्ने वर्ष ४५ का खेमबहादुर बस्नेत- बाँया हातमा चोट, अवस्था मध्यम

४. उनकी श्रीमती वर्ष ४५ की चन्द्रकला पोखरेल- मुखमा चोट, अवस्था मध्यम

५. निजको छोरी वर्ष १९ की एन्जिला बस्नेत- मुखमा चोट, सामान्य

६. निजको छोरी वर्ष १० की अनिशा बस्नेत, दाँया खुट्टामा चोट अवस्था मध्यम

७. जिल्ला काठमाडौँ, काठमाडौँ म.न.पा.३ बस्ने वर्ष ४० की पवित्रा राई मुख र दाँया खुट्टामा चोट, अवस्था मध्यम

८. जिल्ला ताप्लेजुङ सिरिङ्वा गा.पा.६ बस्ने वर्ष ५८ का गोपाल कडरिया- टाउकोमा चोट सामान्य

९. जिल्ला झापा बिर्तामोड न.पा.२ बस्ने वर्ष २३ की संगीता हेमरन- दाँत र दाँया खुट्टामा चोट अवस्था मध्यम

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad