लुम्बिनी


जोगवनीमा झडप भएपछि सामान किन्न गएका नेपालीको भागाभाग, सीमा नाका बन्द

जोगवनीमा झडप भएपछि सामान किन्न गएका नेपालीको भागाभाग, सीमा नाका बन्द

सुमन सुस्केरा
असोज १०, २०८२ शुक्रबार १९:४२, विराटनगर

नेपाल भारत सीमा क्षेत्र जोगवनीमा तनाव उत्पन्न भएपछि दुवै देशको आवत जावत बन्द भएको छ।

भारतको जोगवनी बजारमा उत्पन्न तनावका कारण साम्प्रदायिक दङ्गा भड्किने सम्भावना बढेपछि नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगरको रानी नाका केही घण्टा बन्द गरिएको छ।

सामाजिक सञ्जालमा इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदबारे आपत्तिजनक टिप्पणी गरिएको भन्दै सुरुमा मुस्लिम समुदाय विरोधमा उत्रिएपछि विवाद बढेको थियो। 

सोही क्रममा बजरङ्ग दलका युवाहरू पनि विरोधमा सहभागी भएपछि मुस्लिम र हिन्दु समुदायबीच दोहोरो झडप भएको भारतीय सुरक्षाकर्मीले जनाएका छन्।

झडपपछि जोगवनीको वातावरण तनावग्रस्त बनेको थियो। बिहान ११ बजे झडप सुरु हुन थालेपछि नेपाल तर्फबाट १ बजेदेखि २ः३० बजेसम्म सिमानाकामा ढाट लगाइएको थियो।

करिब डेढ घण्टासम्म नेपाल तर्फको र भारत तर्फको दुवै ढाट लगाइएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।  

लट्ठी र भालासहित दुवै समुदाय सडकमा उत्रिएपछि ठूलो सङ्ख्यामा भारतीय सुरक्षाकर्मी परिचालन गरिएको र केही स्थानमा तोडफोडसमेत भएको बताइएको छ। परिस्थिति नियन्त्रण बाहिर जाने खतरा बढेसँगै भारतीय अधिकारीहरूले दुवै पक्षलाई संयमित हुन आग्रह गरेका छन्।

तनाव बढेसँगै विराटनगरको रानी नाकाबाट नेपालीहरूलाई एसएसबीले जोगवनी प्रवेशमा रोक लगाएको छ। 

जोगवनीमा दुई समूहबीच झडप भएपछि किनमेलका लागि जोगवनीमा पुगेका सयौँ नेपालीहरूमा भाग दौड मच्चिएको थियो। भारतीय सुरक्षा बल एसएसबीले नेपालीहरूलाई भारत प्रवेशमा असाध्यै रोक छ।

नेपाल तर्फबाट समेत विराटनगरको रानी नाकामा ठूलो सङ्ख्यामा नेपाल र सशस्त्र प्रहरी खटाइएको छ।  

भारतीय सुरक्षा अधिकारीहरूका अनुसार थप झडप हुन नदिन भारतीय सुरक्षा अधिकारीहरू र आन्दोलनरत पक्षका बिचमा अहिले छलफल भइरहेको छ। साँझसम्म पनि विवाद समाधानको प्रयास भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad