रुपन्देहीमा आज शनिबार गोली हानेर युवकको हत्या गरिएकाे छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जिल्लाको मायादेवी गाउँपालिका-२ का २९ वर्षीय राकेशसिंह लोधलाई गोली हानेर मारिएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीका अनुसार लोध आज बिहान घरको बरन्डामा रगताम्मे अवस्थामा भेटिएका थिए।
‘उनी एक्लै बस्दा रहेछन् घरमा, दाजुभाइ छुट्टिसकेका रहेछन्’, डीएसपी कार्कीले नेपालखबरसँग भने, ‘टाउकोमा चोट लागेको छ। गोली हानिएको जस्तो देखिन्छ। अहिले अनुसन्धानमै छौँ थप कुरा भन्न मिल्दैन।’
घटनापछि मृतकका दाजु फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।
1.0k
Shares

प्रतिक्रिया