लुम्बिनी


गुल्मीको मुसिकोट १ मा कांग्रेसका आनन्द श्रेष्ठ विजयी

गुल्मीको मुसिकोट १ मा कांग्रेसका आनन्द श्रेष्ठ विजयी

नेपालखबर
मंसिर १७, २०८१ सोमबार ०:५, काठमाडौँ

गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ मा नेपाली कांग्रेसका आनन्द श्रेष्ठ विजयी भएका छन्। 

उनी २५४ को फरकले विजयी भएका हुन्। ३५ वर्षीय श्रेष्ठले १ हजार १८४ मत पाएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका दलबहादुर थापाले ९ सय ३० मत प्राप्त गरे।

माओवादी केन्द्रबाट दुर्गाबहादुर विकले १४३, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापाले ४४ र राष्ट्रिय पजातन्त्र पार्टीबाट ईश्वरी खाती क्षत्रीले ५ मत प्रागरेका छन्।

यहाँ ०७९ को निर्वाचनमा पनि कांग्रेसले नै जितेको थियो।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ०७९ मा गठबन्धन गरेर ३९ मतले विजयी भएको तर अहिले एक्लै प्रतिस्पर्धा गर्दा २५४ को फरकले विजयी भएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad