स्थानीय तहको उपचुनावअन्तर्गत रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदका लागि मतदान जारी छ।
सहायक मतदान अधिकृत ईश्वर सुवेदीका अनुसार दिउँसो १ बजेसम्म ५ हजार ५६ मत खसेको छ।
सो पालिकामा ११ हजार १३८ मतदाता छन्।
‘बिहान चिसो हुने भएकाले १२ बजेपछि मत धेरै खस्न थालेको छ,’ सुवेदीले नेपालखबरसँग भने, ‘अहिलेसम्म २ हजार ६३० महिला र २ हजार ४२६ पुरुषले मत खसालिसक्नुभएको छ।’
यसअघिका चुनावमा ७० प्रतिशत मत खसेको रेकर्डमा रहेको उनले बताए।
उपाध्यक्षका लागि माओवादी केन्द्रबाट नरपुरा बुढा र नेपाली कांग्रेसको चुनाव चिह्न लिएर एमालेकी केशकुमारी तुलाचन प्रतिस्पर्धामा छन्।
228
Shares

प्रतिक्रिया