लुम्बिनी


अर्घाखाँची दुर्घटनामा ज्यान गुमाउने तारा श्रेष्ठ थिइन् रोजगार संयोजक, नगरपालिकाले दियो शोक बिदा

अर्घाखाँची दुर्घटनामा ज्यान गुमाउने तारा श्रेष्ठ थिइन् रोजगार संयोजक, नगरपालिकाले दियो शोक बिदा

नेपालखबर
कात्तिक २०, २०८१ मंगलबार १२:१६, काठमाडौँ

अर्घाखाँची दुर्घटनामा ज्यान गुमाएकी २२ वर्षीया तारा श्रेष्ठ भूमिकास्थान नगरपालिकाकै कर्मचारी रहेको पाइएको छ।

उनी नगरपालिकामा प्रधानमन्त्री रोजकार कार्यक्रमकी संयोजक थिइन्।

भूमिकास्थान नगरपालिका वडा नम्बर ६ घर भएकी उनी २०७९ भदौमा लिइएको परीक्षाबाट उनी रोजगार संयोजक पदमा छानिएकी थिइन्।

उनको निधनको शोकमा नगरपालिकाले मंगलबार शोक बिदा घोषणा गरी सूचना प्रकाशित गरेको छ।

उनको निधनप्रति शोक व्यक्त गर्दै भूमिकास्थान नगर कार्यपालिकाको कार्यालय, नगरपालिकाका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्था र नगरपालिकाभित्रका सम्पूर्ण कार्यालय तथा संघसंस्थाहरू कात्तिक २० गतेका दिन बन्द रहने सूचनामा उल्लेख छ। 

सन्धिखर्कबाट प्युठान गइरहेको यात्रुवाहक बस सोमबार अर्घाखाँचीको उदयठाटीमा दुर्घटना हुँदा श्रेष्ठसहित २ जनाको मृत्यु भएको थियो। सोही नगरपालिका वडा नम्बर २ की ७० वर्षीया रूनी खनालको पनि घटनामा ज्यान गएको थियो। अरू ३४ जना घाइते भएका थिए।

सडकमा देउसीभैलो चलिरहेका बेला अनियन्त्रित बस ठूलो जनसमूहमाथि नै गुडेको थियो। घाइतेमध्ये १० जना उपचारका लागि बुटवल रेफर भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad