लुम्बिनी


यी हुन् अर्घाखाँची दुर्घटनाका मृतक र घाइते (सूची)

यी हुन् अर्घाखाँची दुर्घटनाका मृतक र घाइते (सूची)

नेपालखबर
कात्तिक १९, २०८१ सोमबार २२:२५, सन्धिखर्क (अर्घाखाँची)

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको खिल्जी र असुरकोटको संगमस्थल उदयठाँटीमा भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्।

घाइतेमध्ये १० जनालाई उपचारका लागि बुटवल रिफर गरिएको छ। १ जनालाई अर्घाखाँची अस्पतालमा सामान्य उपचारपछि घर फर्काइएको छ। बाँकी घाइतेहरूको अर्घाखाँची अस्पतालमै उपचार भइरहेको छ।

भैलो खेलिरहेको समूहकै बीचबाट ना ३ ख २४७१ नम्बरको यात्रुवाहक अनियन्त्रित तवरले अघि बढ्दा यो दुर्घटना भएको हो। बस सन्धिखर्कबाट प्युठान जाँदै गरेको बस साँझ करिब ४ बजे दुर्घटना भएको थियो।

बसले भैलो खेलिरहेकाहरूलाई सोहोरेर लगेपछि त्यहाँ कोकोहोलो मच्चिएको थियो।

दुर्घटनामा मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका वडा नम्बर-६ फूलबारीकी २२ वर्षीया तारा श्रेष्ठ ढाकाबाङकी ७० वर्षीया रुनी खनाल छन्। खनालको  घटनास्थलमै र गम्भीर घाइते भएकी श्रेष्ठको उपचारको क्रममा अर्घाखाँची अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए। 

घाइते हुनेहरूको विवरण यसप्रकार छ-

१) खिल्जी निवासी ३८ वर्षीया यमुना थापा

२) असुरकोट निवासी १२ वर्षीया रोजिना परियार

३) असुरकोट निवासी ९ वर्षीया अन्सिला सुनार

४) खिल्जी निवासी १८ वर्षीया बिन्दु परियार

५)  भूमिकास्थान नगरपालिका ६, खिल्जी निवासी ३५ वर्षीय प्रकाश बेल्बासे

६) खिल्जी निवासी ४१ वर्षीया ईश्वरी गैरे भुसाल

७) खिल्जी निवासी १८ वर्षीया शर्मिला मुखिया

८) खिल्जी निवासी १२ वर्षीया जुना परियार

९) खिल्जी खामारीबास निवासी ३८ वर्षीया जुना थापा

१०) खिल्जी निवासी ७२ वर्षीय प्रेमबहादुर श्रेष्ठ

११) असुरकोट निवासी ३४ वर्षीय नवराज श्रेष्ठ

१२) असुरकोट निवासी ४९ वर्षीया सुष्मा घर्ती

१३) असुरकोट निवासी ५ वर्षीय रवीन्द्र श्रेष्ठ

१४) खिल्जी निवासी २९ वर्षीय गोपाल थापा

१५) खिल्जी निवासी २३ वर्षीय जीवन घर्ती

१६) माछा मारे निवासी २१ वर्षीया कविता पुन

१७) निवाकोट निवासी ४४ वर्षीया रुपा श्रेष्ठ

१८) सन्धिखर्क नगरपालिका २, भक्तिटोल निवासी गीता भाट

१९) प्युठान, ऐरावती गाउँपालिका ९, बुजुली निवासी १७ वर्षीया विमला नेपाली

२०) ६० वर्षीया सुमित्रा थापा

२१) प्युठान, मलारानी गाउँपालिका २, खैरेनीडाँडा निवासी २२ वर्षीय विक्रम पुन

२२) १७ वर्षीय पर्वत राना

२३) भूमिकास्थान ५ निवासी ६० वर्षीया उम्कला पुलामी मगर

२४) भूमिकास्थान ६ निवासी २९ वर्षीय विष्णु पाण्डे

२५) प्युठान, ऐरावती गाउँपालिका ६, सिमलचौर निवासी ४० वर्षीया सीता नेपाली

२६) भूमिकास्थान ६, खिल्जी निवासी ११ वर्षीया अनुपा खण्डनी

२७) असुरकोट निवासी ६० वर्षीया पवित्रा घर्तीमगर

२८) ११ वर्षीया आइस्मा पुलामी 

२९) प्युठान मल्लरानी गाउँपालिका २, खरेनीडाँडा निवासी १९ वर्षीय नवीन पुन

३०) २० वर्षीय हिमाल पौडेल

३१) २२ वर्षीय श्रीधर केसी

३२) १८ वर्षीया स्मृति बेल्बासे

३३) भूमिकास्थान नगरपालिका ४ फलामखिल्जी निवासी ३१ वर्षीय रवि रेग्मी

३४) प्युठान, मल्लरानी गाउँपालिका २, चुजाँठाटी निवासी १८ वर्षीय बबिन राना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad