ad ad

लुम्बिनी


१८२ मत बढी ल्याएर एमाले गुल्मीको अध्यक्षमा काउछा विजयी

१८२ मत बढी ल्याएर एमाले गुल्मीको अध्यक्षमा काउछा विजयी

नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार ९:५४, गुल्मी

नेकपा एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा  विजयी भएका छन्। 

प्रतिस्पर्धी हीरा एसीलाई १८२ मतले पछाडि पार्दै काउछा दोस्रो कार्यकालका लागि पनि एमाले गुल्मीको अध्यक्षमा निर्वाचित भएका हुन्।

विजयी काउछाले ३८४ र पराजित एसीले २०२ मत प्राप्त गरे। 

यसैगरी जिल्ला  उपाध्यक्षमा जीवन पोखरेल, सचिवमा धर्म विश्वकर्मा र सहसचिवमा चक्रबन्धु भुसाल विजयी भएका छन्।

गत मंगलबार सुरु १२औँ जिल्ला अधिवेशनमा बिहीबार मतदान भएको थियो। अधिवेशनमा ६१३ सहभागी भएकामा ५९५ जना मतदानमा सहभागी भए। 

अधिवेशनले पाँचजना पदाधिकारीसहित आगामी तीन वर्षका लागि एक सय पाँच सदस्यीय जिल्ला कमिटी चयन गरेको छ।

अधिवेशनको पार्टीका केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवालीले उद्घाटन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .