बाँकेको राप्तीसोनारीमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक युवकको मृत्यु भएको छ।
पूर्वपश्चिक राजमार्गामा पर्ने राप्तीसोनारी-९ स्थित ढकेरीमा भे १ ख ३०१९ नम्बरको टिपरले भे १० प १४१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा राप्तीसोनारी-८ का ३५ वर्षीय लोकेन्द्र विष्टको मृत्यु भएको हो।
गएराति साढे ९ बजे कोहलपुरबाट पूर्वतर्फ आउँदै गरेको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा विष्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले जानकारी दिए।
दुर्घटनापछि फरार रहेका टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ। दुर्घटनामा संलग्न टिपरमा स्थानीयले आगजनी गरेका छन्।
135
Shares
प्रतिक्रिया