ad ad

लुम्बिनी


पाल्पा बस दुर्घटना : एक महिलाको मृत्यु, ३८ जना घाइते

पाल्पा बस दुर्घटना : एक महिलाको मृत्यु, ३८ जना घाइते

सुदीप भण्डारी
बैशाख १०, २०८० आइतबार १२:२२, बुटवल

पाल्पामा आइतबार बिहान भएको बस दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। 

दुर्घटनामा परेर ३८ जना घाइते भएको प्रहरीले जनाएको छ। 

बुटवलदेखि बागलुङको बुर्तिवाङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको  बस आइतबार बिहान तिनाउ गाउँपालिका–५ जोरधारामा सडकबाट खसेको थियो। 

दुर्घटनामा अन्दाजी ४० वर्षकी रुपन्देहीको देवदह नगरपालिका-३, सूयपूरा निवासी राधिका पौडेलको मृत्यु भएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्र थापाले बताए।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ। 

घाइतेहरुलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा लगिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .