राजनीति


बिहान ११ बजेसम्म चितवन २ मा २३ प्रतिशत मत खस्यो

बिहान ११ बजेसम्म चितवन २ मा २३ प्रतिशत मत खस्यो

चितवनको भरतपुर १२ मोहन माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्दै किरियापुत्री विष्णु पौडेल (छिमेकी)। तस्बिर : रासस


नेपालखबर
बैशाख १०, २०८० आइतबार १२:२३, काठमाडौँ

चितवनमा क्षेत्र नं. २ मा आइतवार बिहान ११ बजेसम्म २३ प्रतिशत मतदान भएको छ। 

जिल्ला निर्वाचन अधिकृत ईश्वर आचार्यले बिहान ११ बजेसम्म २३ प्रतिशत मतदान भइसकेको बताएका छन्। 

चितवन २ मा ४३ मतदानस्थलका १३८ केन्द्रमा मतदान भइरहेको छ। 

चितवन २ मा १ लाख २४ हजार ६ सय ९५ जना मतदता छन्। 

जसमा ६३ हजार २ सय ९१ महिला, ६१ हजार ४ सय ३ पुरुष र एक तेस्रो लिङ्गी छन्। 

मतदान बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ। अत्यधिक गर्मीका कारण मतदातालाई समस्या भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .