पाल्पामा टिपरको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ।
जिल्लाको रिब्दीकोट गाउँपालिका २ मसारमा भएको दुर्घटनामा सोही ठाउँका होमबहादुर लाम्टाङ्गेको मृत्यु भएको हो।
रिब्दीकोटको सिद्देश्वर खानीबाट चुनढुंगा लिएर बुटवलतर्फ आउँदै गरेको लु २ ख २४४६ नम्बरको ट्रिपरकोबाट लाम्टाङ्गेको घटनास्थलमै मृत्यु भएको पाल्पाका प्रहरी प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिए।
टिपर र चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको उनले बताए।
चैत ५, २०७९, आइतबार
प्रतिक्रिया