लुम्बिनी


पाल्पामा टिपर दुर्घटना हुँदा  एकजनाको  मृत्यु

पाल्पामा टिपर दुर्घटना हुँदा  एकजनाको  मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
फागुन २८ , बुटवल

पाल्पामा टिपर दुर्घटना हुँदा  एकजनाको  मृत्यु  भएको  छ।  जिल्लाको माथागढी गाउँपालिका ६  चिल्लेपानीस्थित झडेवा  रहबास  भित्री   कच्ची  सडकमा  आज बिहान पौने ७ बजे लु २  ख  ११९६  नम्बरको टिपर खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा टिपर चालक रुपन्देही तिलोत्तमा  नगरपालिका ११  गणेशपुरका  ४०  वर्षीय  विष्णु  गुरुङको  मृत्यु   भएको  जिल्लाा प्रहरी कार्यालय पाल्पाले जनाएको छ। टिपरमा सवार माथागढी ७ का ५० वर्षीय हुमबहादुर परियार घाइते भएका छन्। 

टिपर सडकदेखि  करिब  ४० मिटर   तल  खसेको पाल्पाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र थापाले जानकारी दिए।

फागुन २८, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .