ad ad

लुम्बिनी


पाल्पा बस दुर्घटना अपडेट : आमाछोरीसहित एकै वडाका ६ महिलाको मृत्यु (नामावलीसहित)

पाल्पा बस दुर्घटना अपडेट : आमाछोरीसहित एकै वडाका ६ महिलाको मृत्यु (नामावलीसहित)

प्रतिकात्मक तस्बिर


सुदीप भण्डारी
पुस २२, २०७९ शुक्रबार ६:५८, बुटवल

पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा बिहीबार राति बस दुर्घटना हुँदा मृत्यु भएका ६ जनाको नाम खुलेको छ। 

रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर प्रस्थान गरेको ग १ ख ४९७७ नम्बरको बस राति साढे ९ बजे रैनादेवी छहरा ८ खुर्सानेमा दुर्घटना भएको हो। 

प्रहरीका अनुसार दुर्घटनामा ३३ वर्षीया निर्मला घिमिरे, उनकी छोरी ११ वर्षीया सुरुमा घिमिरे, ५४ वर्षीया खेमकुमारी राना, १९ वर्षीया विमा पाण्डेय, ४५ वर्षीया गुनाकुमारी गाहा र २१ वर्षीया दानकुमारी खत्रीको मृत्यु भएको हो। 

मृतक सबै रैनादेवी छहरा–८ कै हुन्।

दुर्घटनामा १८ जना घाइते भएको पाल्पाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र थापाले जानकारी दिए।  

घाइतेहरुलाई उपचारका लागि बुटवल पठाइएको छ। 

दुर्घटनामा परेको उक्त बस सडकबाट ५० मिटर तल अप्ठ्यारो भीरमा खसेको हो। घटनाकाे विस्तृत विवरण आउन बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .