कारोबार


ई–सेवा मनी ट्रान्सफरको आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपमा बन्द

ई–सेवा मनी ट्रान्सफरको आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपमा बन्द

नेपालखबर
पुस १८, २०७९ सोमबार १४:११, काठमाडौँ

आन्तरिक रेमिट्यान्स कारोबारलाई राष्ट्र बैंकले कडाइ गरेसँगै ई–सेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपमा बन्द गरेको छ।

ई–सेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबारलाई राष्ट्र बैंकले कडाइ गरेकाले आन्तरिक रेमिट्यान्स कारोबार पुस १७ देखि लागू हुने गरी पूर्ण रूपमा बन्द गरेको बताएको हो। 

रेमिट्यान्स कम्पनीको मुख्य काम देशबाहिरबाट विदेशी मुद्रा स्वदेश भित्र्याउन (इनवार्ड रेमिट) रहेको भन्दै आन्तरिक रेमिट्यान्सलाई बन्द गरी विदेशी रेमिट्यान्समा वृद्धि गर्ने उद्देश्य ई–सेवा मनी ट्रान्सफरको रहेको जनाएको छ। 

कम्पनीले आन्तरिक रेमिट्यान्स कारोबारलाई नियामक निकायले कडाइ गर्दै गएको, डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्नुपरेको लगायत कारण आईतवारदेखि आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपमा बन्द गरेको ई–सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले बताए। 

उनले कम्पनीको सम्पूर्ण ध्यान विदेशबाट स्वदेशमा रेमिट्यान्समार्फत विदेशी मुद्रा भित्र्याउन उपयोग गर्न आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपले बन्द गर्ने बोर्डले निर्णय गरेको बताए। सीईओ कोइरालाले विप्रेषण विनियमावली ०६७ विनियम ७ को खण्ड (ञ) मा विप्रेषकले विदेशबाट विप्रेषणका रूपमा विदेशी मुद्रा प्राप्त गर्ने (इनवार्ड रेमिट्यान्स) कार्य मात्र गर्न पाउने व्यवस्था अनुसार नै काम गर्दै आएको बताए। 

उनले राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीले विदेशबाट रेमिट्यान्समा विदेशी मुद्रा प्राप्त गर्ने कार्य मात्र गर्न पाउने व्यवस्थाको पूर्ण रूपमा पालना गर्नु निर्देशन दिएकाले राष्ट्र बैंकको  निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्न आन्तरिक रेमिट्यान्स कारोबार बन्द गरिएको उल्लेख गरे। नेपाल सरकार र नेपाल राष्ट्र बैंकले डिजिटल कारोबार प्रवद्र्धन र प्रोत्साहनलाई प्राथमिकतामा राखेको तथ्यलाई दृष्टिगत गरी ई–सेवा मनी ट्रान्सफरले आन्तरिक रमिट्यान्स कारोबार बन्द गरिएको बताए।

उनले भने, ‘सन् २०१९ मा ई–सेवा मनी ट्रान्सफरको स्थापना ग¥यौं । २०२०बाट ई–सेवा मनी ट्रान्सफर कारोबार सुरुवात ग¥यौं । मुलुकमा आन्तरिक रेमिट्यान्स चाहिन्छ भनेर सुरुवात गरेका थियौं । मुलुकको समग्र रेमिट्यान्समा १७ प्रतिशतसम्म आन्तरिक रेमिट्यान्सको योगदान रहेको छ ।’ 

नेपालको रेमिट्यान्स हेरक वर्ष १० प्रतिशत मात्रै वृद्धि भएको र आन्तरिक रेमिट्यान्सको खासै योगदान नदेखिएको उनले बताए। 

राष्ट्र बैंकले हरेक पटक आन्तरिक रेमिट्यान्स कारोबारलाई कडाइ गर्दै आएकाले ई–सेवा बोर्डले मुलुकको रेमिट्यान्स वृद्धि गर्न योगदान गर्न सकिने भनेर बन्द गरिएको उनको भनाइ छ। 

‘आन्तरिक रेमिट्यान्स कारोबार बन्द गर्नाले १३ अर्बसम्म रेमिट्यान्स आउनसक्छ । हाम्रो आन्तरिक रेमिट्यान्स कारोबार बन्द गर्नुको मुख्य उद्देश्य नै वैदेशिक रेमिट्यान्स बढ्न मद्दत गर्नु हो । बन्द गरे पनि अन्य विकल्पहरु रहेका छन् । डिजिटल रुपमा रेमिट्यान्सको कारोबार गर्दा लागत पनि कम हुन्छ’, उनले भने। 

उनले मुलुकको समग्र रेमिट्यान्समा  वार्षिक रुपमा १० प्रतिशत मात्रै वृद्धि हुने गरेको बताए। 

उनले विदेशी रेमिट्यान्स वृद्धि गर्न आन्तरिक रेमिट्यान्सले ठूलो योगदान गर्न नसकेको पनि बताए। पछिल्ला महिनामा राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्स कारोबारमा कडाइ गर्दै आएको छ । 

सोही क्रममा ०७८ फागुनमा आन्तरिक रेमिट्यान्सको कारोबार सीमा (मुलुकको एक स्थानबाट अर्को स्थानमा रेमिट्यान्स कम्पनी तथा उसका सब–एजेन्टमार्फत गरिने आन्तरिक रेमिट्यान्स स्थानान्तरण) घटाइएको थियो । त्यसयता प्रत्येक व्यक्तिले प्रतिदिन बढीमा २५ हजार रुपैयाँ मात्र स्थानान्तरण गर्न पाउने व्यवस्था छ। न्युज एजेन्सी नेपालबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad