समाज


मकवानपुरमा पिकअप गाडी दुर्घटना, एकको मृत्यु ८ घाइते

मकवानपुरमा पिकअप गाडी दुर्घटना, एकको मृत्यु ८ घाइते

नेपालखबर
पुस १७, २०७९ आइतबार १६:५, हेटौँडा

मकवानपुरको भीमफेदी–२ भैसेमा पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

आइतबार दिउँसो उक्त गाडी दुर्घटना हुँदा बारा विश्रामपुर गाउँपालिका वडा नंबर ३ बस्ने २० वर्षका राहुलकुमार पण्डितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

हेटौंडा अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो। दुर्घटनामा अन्य ८ जना घाइते भएका छन्।

घाइतेहरुमा सोही स्थानका अजय चौरसिया, भारत झारखण्ड बस्ने वर्ष ३६ को विजय दास, वीरगंज माहानगरपालिका १७ बस्ने वर्ष १८ को सुमित गुप्ता, सोहि स्थानका वर्ष २६ का दिनानाथ प्रसाद, बारा बिश्रामपुर गाँउपालिका वडा नंबर ३ मुसरहवा बस्ने सिबजी साह, धिरज चौरसिया, पप्पु कुमार गुप्ता र उमेश कुस्वाह रहेका छन्।

उनीहरुको हेटौंडास्थित विभिन्न अस्पतालहरुमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .