ad ad

लुम्बिनी


लुम्बिनी प्रदेश प्रमुखसमक्ष बुझाइयो निर्वाचन प्रतिवेदन, समानुपातिकतर्फ ७ प्रतिशत मत बदर

लुम्बिनी प्रदेश प्रमुखसमक्ष बुझाइयो निर्वाचन प्रतिवेदन, समानुपातिकतर्फ ७ प्रतिशत मत बदर

सुदीप भण्डारी
पुस २, २०७९ शनिबार १७:१६, बुटवल

गत मंसिर ४ गते भएको आमनिर्वाचनमा लुम्बिनी प्रदेशसभाको समानुपातिकतर्फ ७ दशमलव २३ प्रतिशत मत बदर भएको छ।

निर्वाचनमा समानुपातिकतर्फ कुल खसेको २० लाख ३४ हजार १०६ मत मध्ये १ लाख ४७ हजार २८ मत बदर भएको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई प्रदेशसभा निर्वाचनको प्रतिवेदन बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै आयुक्त भण्डारीले समानुपातिकको तुलनामा प्रत्यक्षमा बदर मत कम भएको बताए।

प्रत्यक्ष तर्फ २० लख ३४ हजार ३५४ मत खसेकोमा ९१ हजार ३७७ अर्थात ४ दशमलव ४९ प्रतिसत मत बदर भएको छ।

मत बदर हुनुको कारण मतदाता शिक्षा मात्र नभएर मतदान केन्द्रको व्यवस्थापनमा केही कमि कमजोरी पनि रहेको उनले बताए। ‘तर विगतको तुलनामा त्यो अनुपातमा मत बदर भएको छैन सदर नै छ,’ भण्डारीले भने।

लुम्बिनी प्रदेशसभाको निर्वाचनमा २२ वटा राजनीतिक दलको धरौटी जफत भएको आयोगले जनाएको छ। प्रदेशसभा निर्वाचन ऐन २०७४ अनुसार कुनै राजनीतिक दलले एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने कानूनी व्यवस्था छ। ऐनमा १ दशमलव ५ प्रतिशत वा सो भन्दा बढि मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था अनुसार लुम्बिनी प्रदेश सभामा १० वटा राजनीतिक दलको प्रतिनिधित्व भएको छ।

त्यसअघि संसदीय निर्वाचन अन्तगर्त लुम्बिनी प्रदेशको परिणाम सहितको प्रतिबेदन बुझ्दै प्रदेश प्रमुखले विगतको निर्वाचन भन्दा यो पटकको निर्वाचन आफूले फरक महसुस गरेको बताए। उनले संविधान र कानून अनुसार प्रदेश सांसदहरुको सपथ र सरकार गठन लगायतका प्रक्रिया अघि बढ्ने उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .