ad ad

अपराध


धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा सात जना पक्राउ

धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा सात जना पक्राउ

सांकेतिक तस्बिर।


नेपालखबर
पुस २, २०७९ शनिबार १७:२४, काठमाडौँ

धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा बुटवलबाट सात जना पक्राउ परेका छन्। २९ वर्षीय कृष्ण सिजाली मगर लगायत ७ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो। 

बुटवल उपमहानगरपालिका–९ बस्ने भारत घर भएका ५५ वर्षीय अजय सोनीको धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

बुटवल उपमहानगरपालिका–८ राजमार्ग चौराहमा मागी खाई हिँड्ने ठेगाना नखुलेका ७ जनालाई प्रहरीले पक्राउ गरेको हो।

आफ्नो ठेलामा रहेको बदाम र चकलेट उनीहरूले चोरी गरी लगेको भन्दै सामान फिर्ता माग्न जाँदा अजयलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने सूचनाका आधारमा प्रहरीले घाइतेलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबल पठाएको थियो। 

घाइतेको उपचारको क्रममा मृत्यु भएको थियो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .