ad ad

लुम्बिनी


आजदेखि लुम्बिनी प्रदेश सरकार सञ्चालन स्थायी राजधानी दाङबाट

आजदेखि लुम्बिनी प्रदेश सरकार सञ्चालन स्थायी राजधानी दाङबाट

सुदीप भण्डारी
मंसिर २८, २०७९ बुधबार ९:३२, बुटवल

लुम्बिनी प्रदेशको स्थायी राजधानी आजबाट कार्यान्वयनमा आउने भएको छ।

दाङको देउखुरीमा तयार भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो झण्डोत्तलन गर्ने कार्यक्रम छ। लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले झण्डोत्तलन गरेसँगै मुख्यमन्त्री कार्यालय औपचारिक रूपमा सञ्चालनमा आउने छ। 

दुई वर्षअघि २०७७ असोज २० गते लुम्बिनी प्रदेशसभाले दाङको देउखुरीलाई स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो। राजधानी घोषणा भएको २ वर्षसम्म पनि आस्थायी राजधानी बुटवलबाट कामकाज भइरहेको थियो। 

देउखुरीको लालमटीयामा रहेको राप्ती प्राविधिक शिक्षालयलाई अर्को ठाउँमा सारेर शिक्षालय परिसरमा राजधानीका संरचना तयार गरिएको छ। यहाँ मुख्यमन्त्री कार्यालय, प्रदेशसभा भवन र मन्त्रालय लगायतका संरचना बनाइएका छन्।  

लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको दाङको देउखुरीलाई अहिले सिँगारिएको छ।

यहाँका बस बिसौनी तथा प्रतीक्षालयमा नयाँ रङ लगाइएको छ। बजार क्षेत्र तथा मुल सडकमा पर्ने चोकहरूमा स्वागतद्वार निर्माण भएका छन्। 

यसअघि राप्ती प्राविधिक शिक्षालय रहेको परिसरमा प्रदेश राजधानीको संरचना बनाइएको छ। लुम्बिनी प्रदेशका १३ मन्त्रालयमध्ये मुख्यमन्त्री कार्यालयसहित ६ वटा मन्त्रालय यही परिसरमा रहने छन्। 

यस्तै प्रदेशसभा भवन पनि यहीँ स्थापना भएको छ। बाँकी मन्त्रालयलाई परिसर बाहिर व्यवस्थापन गर्ने तयारी भइरहेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री तिलकराम शर्माले बताए। अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्थापना भइसकेको छ।

प्रदेशसभा भवन निर्माणको काम अन्तिम चरणमा छ। अबको लुम्बिनी प्रदेशसभाको बैठक पनि देउखुरीमै राख्ने तयारी भएको छ। 

राप्ती प्राविधिक शिक्षालयभित्रको १८ बिगाह जग्गामा साना–ठूला गरेर ४० वटा भवन छन्। ती भवनलाई मर्मत गरी राजधानीको संरचना तयार पारिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .