ad ad

लुम्बिनी


काठमाडौं भन्दा बढी रुपन्देहीमा ५ वटा अस्थायी मतदानस्थल

काठमाडौं भन्दा बढी रुपन्देहीमा ५ वटा अस्थायी मतदानस्थल

फाइल फोटाे


नेपालखबर
मंसिर १, २०७९ बिहिबार १४:३९, बुटवल

रुपन्देहीमा ५ वटा अस्थायी मतदानस्थल कायम गरिएको छ। देशभरमै सबै भन्दा बढी अस्थायी मतदान स्थल रुपन्देहीमा तोकिएको हो।

रुपन्देही पछि काठमाडौंमा ४ वटा मात्र अस्थायी मतदान स्थल छन्। अन्य जिल्लाहरुमा एउटादेखि तीनवटासम्म अस्थायी मतदानस्थल राखिएको निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ।

रुपन्देहीमा बुटवलको रामनगर व्यारेक, सैनामैना नगरपालिकामा रहेको श्री नम्बर २ सैन्य तालिम गण सैनामैना र श्री सैनिक व्याटल स्कुल सालझण्डी, भैरहवामा रहेको जिल्ला कारागार र शसस्त्र प्रहरी बल नम्बर २७ गण हेडक्वाटरलाई पायक पर्ने गरि अस्थायी मतदानस्थल राखिएको छ। 

रुपन्देहीमा ५ हजार ३०० अस्थायी मतदाता रहेको मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकारी दिए। 

अस्थायी मतदाता नामावलीमा नाम समावेश भएका तर मतदान केन्द्रमा नखटिने कर्मचारी र सुरक्षाकर्मी, बृद्धाश्रममा रहेका व्यक्ति, निर्वाचन कशुरमा सजाय नपाएका कारागारका बन्दीले प्रतिनिधि सभाको समानुपातिकतर्फ मात्र मतदान गर्न पाउँछन्। 

अस्थायी मतदानस्थल सहित रुपन्देहीभर कुल २१३ मतदानस्थल र ७०७ मतदान केन्द्र तोकिएको छ। 

सबै मतदान केन्द्रका मतदान अधिकृतलाई मतपत्रसहित निर्वाचन सामग्रीहरु बुझाइएको छ। मतदान अधिकृतहरु बिहीबारै सुरक्षाकर्मीसहित मतदान केन्द्रमा पुग्ने छन्। शुक्रबार र शनिबार मतदान केन्द्र तयारीमा लाग्ने मुख्य निर्वाचन अधिकृत कोइरालाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .