कारोबार


विलासी कार बजारमा ल्यान्डरोभर र मर्सिडिज बेन्जलाई चुनौती दिँदै चिनियाँ बीवाईडी

विलासी कार बजारमा ल्यान्डरोभर र मर्सिडिज बेन्जलाई चुनौती दिँदै चिनियाँ बीवाईडी

नेपालखबर
मंसिर १, २०७९ बिहिबार १५:५, काठमाडौँ

संसारकै ठूलो विद्युतीय सवारी उत्पादक बीवाईडीले प्रिमियम स्पोर्ट युटिलिटी भेहिकल (एसयूभी) सार्वजनिक गरेर बजार विस्तार गर्ने योजना बनाएको छ।  

मर्सिडिज बेन्ज र ल्यान्ड रोभरजस्ता चर्चित कम्पनीलाई उछिन्ने गरी अघि बढ्ने योजना चिनियाँ कम्पनी बीवाईडीले बनाएको हो। 

शेन्जेनको कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी वांग चुआनफुले बुधबार कम्पनीको मुख्यालयमा न्यु प्रिमियम ब्रान्ड यांगवांगजस्तो उत्पादन मोडल सार्वजनिक गर्ने बताए। 

यी कारहरु सन् २०२३ को पहिलो त्रैमासिकसम्म उत्पादन सुरु हुनेछन्। यो कारको मूल्य १० लाख युआन अर्थात् १ लाख ४१ हजार १ सय ४० अमेरिकी डलरजति पर्न सक्नेछ। 

बीवाईडीले १० लाख युआन हाराहारी मूल्यका विलासी कार बनाउनलागेको हो। जुन अत्याधुनिक प्रविधिले सुसज्जित हुने बताइएको छ। 

चिनियाँ अर्बपति रहेका उनले कारको ड्राइभिङ रेन्ज र स्मार्ट फिचरबारे भने त्यति धेरै खुलाएनन्। तर स्रोतलाई उद्धृत गर्दै एससीएमपीले लेखेअनुसार उक्त विलासी कार अफरोड एसयूभी हुनेछ र यसले ल्यान्डरोभरको डिस्कभरी र मर्सिडिज बेन्जको जी–क्लास मोडललाई चुनौती पेस गर्नेछ। 

यसअघि सेमिकन्डक्टर युनिटबारे योजना बनाइरहेको उसले त्यसलाई हटाउँदै नयाँ कारको योजना प्रस्तुत गरेको हो। 

बीवाईडीले यसअघि नै टेस्लालाई संसारको ठूलो ईभी एसेम्ब्लरबाट हटाउँदै आफूलाई पहिलो बनाएको थियो। यसबाहेक उसले बिक्रीमा समेत टेस्लालाई उछिनेको थियो। टेस्लासँगै चिनियाँ अन्य कम्पनीहरु नियो र जेपेंगले ३ लाख युआनका कार बिक्री गर्दै आएकामा बीवाईडीले भने १ लाख र २ लाख युआनबीचको मूल्यमा आफ्ना सवारीसाधन बेच्दै आएको छ। 

गत अक्टोबरमा बीवाईडीले जुलाई–सेप्टेम्बरमा आम्दानी ३५० प्रतिशतले बढेर ५ अर्ब ७२ करोड युआन पुगेको बताएको थियो। 

कम्पनीले सेप्टेम्बरमा अट्टो ३ कार ल्याएको थियो। यसको ड्राइभिङ रेन्ज ४१० किमि छ भने मूल्य ३० हजार ९८४ अमेरिकी डलर छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .