हिमालय एयरलाइन्सले लुम्बिनीमा धार्मिक पर्यटक ल्याउन म्यानमारमा चार्टर्ड उडान गर्ने भएको छ।
भैरहवामा सञ्चालन आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट म्यानमारमा सिधा उडान गर्ने छलफल भएको हो।
हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले म्यानमारको राजदुतसंग भैरहवाबाट सिधा उडान गर्ने विषयमा छलफल भएको बताए।
‘भारतको कुसिनगरबाट म्यानमारमा हप्ताको ४ वटा चार्टर्ड उडान भइरहेका छन्’, श्रेष्ठले भने, ‘अब केही उडान उताबाट गर्ने र केही उडान भैरहवाबाट गर्ने कुरा भएको छ।’
श्रेष्ठले म्यानमारका पर्यटक लुम्बिनी ल्याउने र फर्किने बेला कुशिनगर जान सक्ने व्यवस्था गरी हवाइ उडान गर्न सकिने बताए।
‘केही उडान हिमालय एयरलायन्सले गर्ने र केही म्यानमारको एयरलाइन्सले अगाडि बढाउन सकिन्छ’, श्रेष्ठले भने, ‘धार्मिक पर्यटक बढाउन यसले सहयोग पु¥याउँछ।’
बजारको अध्ययन गर्न शुरुमा भैरहवाबाट चार्टड उडान गर्न सकिने बताएका थिए।
नेपाल सरकारले भैरहवा विमानस्थलबाट बौद्ध पर्यटक ल्याउन सहयोग पुग्ने बताउँदै आएको छ।
Shares
प्रतिक्रिया