ad ad

लुम्बिनी


बुटवलमा विद्यालय हिँडेका ३ बालक बेपत्ता, अपहरण भएको आशंका

बुटवलमा विद्यालय हिँडेका ३ बालक बेपत्ता, अपहरण भएको आशंका

बेपत्ता बालकहरू


सुदीप भण्डारी
भदौ २६, २०७९ आइतबार ७:९, बुटवल

बुटवलमा विद्यालय जान भनेर घरबाट हिँडेका ३ बालक बेपत्ता भएका छन्।

बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी २ दिनदेखि सम्पर्कविहीन भएका हुन्। 

शुक्रबार विद्यालय गएका उनीहरू आज आइतबार बिहानसम्म सम्पर्कमा नआएको परिवारले बताएका छन्।

नविन औद्योगिक मावि कक्षा ९ मा पढ्ने दुई जना र नहरपुर मावि कक्षा ८ मा पढ्ने १ जना विद्याालय जान भनेर सँगै घरबाट निस्के पनि विद्यालयमा हाजिर भएका छैनन्।

इलाका प्रहरी कार्यालय (बुटवल) का डीएसपी ठगबहादुर केसीले बालकहरू यहाँ छन भनेर अझै पुष्टि नभएको बताए।

सम्पर्कविहीनमध्ये समीर लम्सालले आफूहरूलाई अज्ञात स्थलमा राखिएको भन्दै शनिबार दिउँसो परिवारलाई मेसेन्जरमार्फत भनेका थिए। उनीहरूले आफूहरूलाई अचेत बनाएर ल्याएको बताएका थिए।

त्यसपछि भने उनीहरूसँग सम्पर्क नभएको परिवारले बताए। डीएसपी केसीले परिवारसँग सम्पर्क गरेर आज विस्तृत अनुसन्धान गरिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .