पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको वैजनाथ गाउँपालिका–५ वनकटवास्थित गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मिनी ट्रक, म्याजिक भ्यान र मोटरसाइकल आपसमा ठोक्किँदा भ्यानका चालक बाँसगढी नगरपालिका–४ बर्दिया निवासी रामबहादुर कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय (कोहलपुर) का प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको भे१क २१९६ नम्बरको मिनी ट्रक, कोहलपुरतर्फ आउँदै गरेको भे१ज ४४९ नम्बरको भ्यान र भे११प २८०० को मोटरसाइकल ठोक्किएका हुन्।
घाइतेको उपचार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल (कोहलपुर) मा भइरहेको प्रहरी नायब उपरीक्षक मल्लले बताए।
33
Shares

प्रतिक्रिया