ad ad

लुम्बिनी


बुटवलमा होटलभित्र किशोरी झुन्डिएको अवस्थामा मृत

राति सँगै बसेका युवक खोज्दै प्रहरी
बुटवलमा होटलभित्र किशोरी झुन्डिएको अवस्थामा मृत

प्रतिकात्मक तस्बिर


सुदीप भण्डारी
असार २६, २०७९ आइतबार १२:३८, बुटवल

बुटवल ३ गोलपार्कमा रहेको एक होटलमा किशोरी मृत फेला परेकी छन्। गोलपार्क होटलमा बुटवल २ की १७ वर्षीया समीक्षा गुरुङ झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन्।

उनी एक युवकसँग होटलमा बसेको खुलेको छ। राति साढे १० बजे दुवै जना होटलमा बस्न आएको होटल सञ्चालकले प्रहरीलाई बताएका छन्। उनीहरू २ तलामाथि १०५ नम्बर कोठामा बसेका थिए। 

युवक राति नै बिल तिरेर गएको र पछि उनीहरू बसेको कोठामा हेर्न जाँदा किशाेरी झुन्डिएको अवस्थामा मृत पाइएको होटल सञ्चालकको भनाइ छ।​ राति १२ बजे होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए।

किशाेरीसँगै गएका युवकको अहिलेसम्म पहिचान नभएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी इलाका प्रहरी कार्यालय (बुटवल) का प्रमुख ठगबहादुर केसीले बताए। अहिले युवतीको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .