लुम्बिनी


तुलसीपुर उपमहानगरले ल्यायो १ अर्ब ८६ करोडको बजेट (पूर्णपाठ)

तुलसीपुर उपमहानगरले ल्यायो १ अर्ब ८६ करोडको बजेट (पूर्णपाठ)

नेपालखबर
असार १०, २०७९ शुक्रबार १७:३७, काठमाडौँ

तुलसीपुर उपमहानगरपालिकाले ल्यायो १ अर्ब ८६ करोड ४७ लाख रुपैयाँको कुल बजेट ल्याएको छ। 

उपमहानगरपालिकाले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। जसअनुसार  पौने २ अर्बको कार्यक्रमहरु समावेश गरिएको हो। 

उक्त कुल बजेट खर्चको लागि आन्तरिक स्रोतबाट ३० करोड १२ लाख, स्थानीय तह राजस्व बाँडफाँट मालपोत रजिष्ट्रेसनबाट १० करोड, अन्य बैंक मौज्दात ४ करोड ५० लाख गरी कुल आन्तरिक आम्दानी ४४ करोड ६२ लाख अनुमान गरिएको बजेट भाषणमा उल्लेख छ।

संघीय सरकारबाट प्राप्त हुने अनुदानहरुमा समानीकरण अनुदान ३३ करोड ६२ लाख, सशर्त अनुदान ६२ करोड ९१ लाख, समपूरक अनुदान १ करोड ६० लाख, विशेष अनुदान १ करोड ३० लाख र राजस्व बाँडफाँट रकम  २३ करोड ५५ लाख ३ हजार, त्यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने अनुदानहरुमा समानीकरण अनुदान १ करोड ५६ लाख, सशर्त अनुदान १ करोड ६० लाख, समपूरक अनुदान तीन करोड, विशेष अनुदान ८० लाख र राजस्व बाँडफाँट रकम ३ करोड ३१ लाख ७६ हजार र अन्य संघ÷संस्था अनुदानमा नगर विकास कोष ऋण ७ करोड, युनिसेफ अनुदान ६० लाख र सडक बोर्ड नेपाल १ करोड प्राप्त हुने अनुमान गरी कुल आम्दानी बजेट अनुमान गरिएको उल्लेख छ। 

व्ययतर्फ कार्यालय सञ्चालन र प्रशासनिक खर्च २७ करोड ८ लाख ३२ हजार नगर विकास कोष सावा ब्याज किस्ता भुक्तानी  ७७ लाख २३ हजार, चालू नगरस्तरीय कार्यक्रम खर्च १ करोड ६५ लाख ७७ हजार, सबै महाशाखा र शाखाहरुको प्रशासनिक र कार्यक्रम खर्च १८ करोड ९८ लाख ६८ हजार, वडास्तरीय प्रशासनिक, योजना तथा कार्यक्रम खर्च १३ करोड ३० लाख, नगरस्तरीय योजना तथा कार्यक्रम खर्च ३ करोड ८५ लाख ५४ हजार २ सय ७६, दायित्व गत आवका योजना कार्यक्रम खर्च ३० करोड, केन्द्र प्रदेश र अन्य समपूरक योजनाको खर्च ८ करोड ५० लाख, गत आव भुक्तानी बाँकी खर्च २ करोड ५१ लाख २४ हजार ७ सय २४, संघीय सरकार सशर्त, विशेष र समपूरक योजनाको खर्च  ६५ करोड ८१ लाख, प्रदेश सरकार सशर्त, विशेष र समपूरक योजनाको खर्च ५ करोड ४० लाख गरी कुल वजेट खर्च १ अर्ब ८६ करोड ४७ लाख, ७९ हजार अनुमान गरिएको बजेट भाषणमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad