साहित्य


प्रणय दिवसमा एकता बुक्समा साहित्य उत्सव

प्रणय दिवसमा एकता बुक्समा साहित्य उत्सव

नेपालखबर
माघ २६, २०८२ सोमबार १२:४५, काठमाडौँ

काठमाडौँको थापाथलीस्थित एकता बुक्सले भ्यालेन्टाइन सप्ताहको अवसरमा आइतबारदेखि ६ दिनसम्म भ्यालेन्टाइन उत्सव आयोजना गरेको छ। 

आउँदो शुक्रबारसम्म चल्ने साताव्यापी कार्यक्रममा पुस्तकप्रेमीलाई लक्षित गरी विभिन्न उपहार कार्यक्रम पनि सञ्चालन गरिने एकता बुक्सले जनाएको छ। कार्यक्रममा पुस्तकको थिममा आधारित स्काभेन्जर हन्ट, साहित्यिक संवाद, फिल्म प्रदर्शन तथा लाइभ डुडल बुथ समावेश गरिएका छन्।

हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विभिन्न कार्यक्रम सञ्चालन गरिने भएको छ। स्काभेन्जर हन्टअन्तर्गत सहभागीले पुस्तकसम्बन्धी विभिन्न रमाइला प्रतियोगितामा भाग लिन सक्नेछन्। प्रतियोगितामा जोडी, साथी वा एक्लै पनि भाग लिन सकिने जनाइएको छ। प्रतियोगितामा सहभागीलाई आकर्षक पुरस्कार र पुस्तकमा विशेष छुट पाइने भएको छ। 

पहिलो दिन आइतबार लेखक अमर न्यौपानेसँग संवाद गरिएको थियो। लेखक न्यौपानेसँग केन सुवेदीले संवाद गरेका थिए। 

सोमबार ‘भावनाका कुराहरू’ शीर्षकमा संवाद हुने भएको छ। बुधबार एकता बुक्समा रहेको ‘एक्ताफे ब्रीउ म्यानर’ मा फिल्म प्रदर्शन गरिनेछ। 

त्यस्तै, शुक्रबार डुडल बुथबाट कलाकार अलिना र कालामीले प्रत्यक्ष स्केच बनाउनेछन्। बुथ बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad