साहित्य


कविता : आ! गर्मी नै राम्रो!

कविता : आ! गर्मी नै राम्रो!

लीलानाथ गौतम
असार १४, २०८२ शनिबार ९:४, बर्दिबास

गरिबलाई कक्र्याएर मार्ने जाडोभन्दा पसिनामय गर्मी नै राम्रो! 
मुसहरी टोलमा शितलहरका  ताण्डबमय रातभन्दा  
न्यानो न्यानो गर्मी नै राम्रो! 

गर्मीमा धनीहरु 
स्विमिङ्ग पुलसँग 
चिसो बियर र ठन्डा पेयसँग!
 दुरदुरका चिसा गन्तव्यसँग 

सौदा गर्छन् गर्मीको!

यही गर्मीमा मिहिनेतकसहरु 
रिक्साका पाइडलसँग 
बेल्चा , गैँची र कोदालीसँग 
पसिनाको स्नान गरेर 
दुई पाङ्ग्रा रोटीमै 
सौदा गर्छन् गर्मीको! 

कुनै पनि ब्युटी कन्टेस्टमा 
सहभागी हुन नपाउने 
तर संसारकै सुन्दर मानिस किसानले , मजदुरले 
श्रमको पसिना प्रदर्शन गरिरहेको 
मानो रोपेर मुरी पर्खिरहेको 
श्रममय गर्मी नै राम्रो! 

पसिनाको जल राम्रो! 
मिहिनेतको फल राम्रो! 
गरिबलाई कक्र्याएर मार्ने जाडोभन्दा कैयौँ गुना बढी असार बोकी आउँने गर्मी नै राम्रो! 

२०८२ असार १२

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad