राष्ट्रिका साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष ऋषवदेव घिमिरेले बैंककमा स्थापित थाई नेपाली ‘आदर्श’ पुस्तकालयलाई पुस्तक सहयोग गरेका छन्।
म्यान्मा र थाइल्यान्डका साहित्यप्रेमी माझ परिचित घिमिरेले थाई नेपाली ‘आदर्श’ पुस्तकालयका काठमाडौँस्थित प्रतिनिधिलाई नेपाली साहित्यका पुस्तक हस्तान्तरण गरे।
नेपाल नागरिक समाज, भानु प्रतिष्ठान, राष्ट्रिका साहित्य प्रतिष्ठानलगायत एक दर्जन बढी सामाजिक संघ-संगठनमा आवद्ध कवि घिमिरेको म्यान्मा र थाईका नेपालीसामु ‘मनमनमा म्यान्मा’ सबैभन्दा धेरै रुचाइएको कृत्ति हो।
ललितपुर, गोदावरी निवासी साहित्यकार घिमिरेका दर्जनौँ कृत्ति प्रकाशित छन्। तीमध्ये केही म्यान्माली नेपालीको जनजीवनसँगै सम्बन्धित छन्। उनी पटकपटक म्यान्माका नेपालीहरूको घरदैलोमा पुगेका छन्। यसअर्थमा पनि कवि घिमिरे बर्मेली र थाई नेपाली साहित्यको समिपमै छन्।
थाई नेपाली संघ बैंकक शाखाको संरक्षण र शिक्षा विभागको पहलकदमीमा स्थापित ‘आदर्श’ पुस्तकालयका पदाधिकारीहरूले साहित्यकार घिमिरेलाई पुस्तक सहयोगपछि धन्यवाद दिएका छन्।
Shares

प्रतिक्रिया