साहित्य


कविता : याद

कविता : याद

बिकेश कविन
माघ २३, २०८१ बुधबार १८:१०, इटहरी

मामेकम् याद गर 

याद तिम्राे अस्त्र हाे
याद तिम्राे शस्त्र हाे
याद सम्पूर्णता हाे तिम्राे 

तिमी याेगी हाै
तिमी सहज याेगी हाै

तिमी निरन्तर याेगी हाै

तिमीलाई बाँधिनु छ ईश्वरीय डाेरीसँग
तिमीलाई बग्नु छ परमात्मा नदीसँग

ईश्वरीय याद तिम्राे आधार हाे
प्रभुकाे याद तिम्राे तेज हाे 

मनमनाभव
मामेकम् याद गर
म एकलाई केवल याद गर

एक सेकेन्डमा मुक्ति-जीवनमुक्ति
याद गर उसलाई
जाे रूहानी सितारा बनेर चम्किइरहन्छ तिम्राे आत्माकाे आकाशमा
जाे चरा बनेर गाइरहन्छ बसेर तिम्राे आत्माकाे हाँगामा

तिमी ज्ञानेश्वर हाै
तिमीलाई ज्ञानकाे घृतले बलिइरहनु छ
तिमी याेगश्वर हाै
तिमीलाई याेगकाे घृतले बलिइरहनु छ

मनमनाभव:
मध्याजिभव: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad