मञ्जुल कुमार सिंह याक्थुम्बाको स्मारिका शनिबार विमोचन गरिएको छ।
ललितपुरको तिखेदेवलस्थित सयलवाटिकामा एक कार्यक्रममाझ ‘मञ्जुल याक्थुम्बा (प्रशासन–समाज–इतिहास)’को विमोचन गरिएको हो।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति तथा वरिष्ठ साहित्यकार वैरागी काइँलाको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको थियो।
३५२ पृष्ठको स्मारिकामा विभिन्न लेखकहरुले लेखेका मञ्जुलबारेका ७७ वटा लेख समावेश गरिएका छन्।
कार्यक्रममा साहित्यकार काइँलाले मञ्जुल एक अनुशासित निजामती कर्मचारी भएको बताउँदै पूर्ण जीवन समाजसेवामा समर्पित गरेको उल्लेख गरे। विशेषतः किराँत र लिम्बू संस्कृतिमा याक्थुम्बाको गहिरो प्रेम रहेको काइँलाले स्मरण गरे।
कार्यक्रममा पूर्वमन्त्री तथा राजदूत दीप कुमार उपाध्याय विशेष अतिथि थिए। उनले पनि स्वर्गीय मञ्जुलकारे निजामती जीवनबारे उल्लेख गरेका थिए।
कार्यक्रममा किराँत याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन, मञ्जुलका छोरा मुक्हाङ याक्थुम्बा, डा. कमल तिगेला, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन, राजबहादुर राईलगायतले मञ्जुलको स्मरण गरेका थिए।
स्वर्गीय याक्थुम्बाले आफ्नो जीवनको ३८ वर्ष सरकारी सेवामा बिताएका थिए।
Shares

प्रतिक्रिया