साहित्य


साहित्यकार गोपाल पराजुलीको निधन

साहित्यकार गोपाल पराजुलीको निधन

नेपालखबर
कात्तिक २१, २०८१ बुधबार २०:२३, काठमाडौँ

साहित्यकार गोपाल पराजुलीको निधन भएको छ।

काभ्रेको भमरकोटमा २००२ सालमा जन्मिएका पराजुलीको ७९ वर्ष उमेरमा मंगलबार साँझ निधन भएको हो। पछिल्लो समय उनी काठमाडौँको बानेश्वरमा बस्दै आएका थिए।

उनी मूलतः बालसाहित्यकारका रूपमा परिचित थिए। करिब ५ सयजना विभिन्न क्षेत्रका व्यक्तित्वहरूको जीवनी पनि उनले लेखेका थिए।

केही राष्ट्रिय विभूतिहरू (भाग १-३), पाँच प्रसिद्ध वैज्ञानिकहरूको जीवनी, हाम्रा प्रसिद्ध साहित्यकार (भाग १-६), नानीको बानी (बालनिबन्ध), रूपको साहस (बालकथा), एक दिनको यात्रा (बालउपन्यास), समयका डोबहरू (कविता), नेसनल हिरोज अफ नेपाल, पच्चीस प्रतिभा (भाग १-७) र लिटरेर आइकन अफ नेपाल (भाग १-२) उनका मुख्य कृति हुन्।

बालसाहित्यमा योगदान गरेवापत उनले धेरै सम्मान र पुरस्कार पनि प्राप्त गरेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad