भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको राष्ट्रपति पदमा विजयी भएकामा डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन्।
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘मेरो मित्र डोनाल्ड ट्रम्पलाई ऐतिहासिक चुनाव जितेकामा हार्दिक बधाई!’
मोदीले अगाडि लेखेका छन्, ‘तपाईंको अघिल्लो कार्यकालका सफलताजस्तै म भारत–अमेरिका व्यापक वैश्विक र रणनीतिक साझेदारीलाई अझ सुदृढ पार्न हाम्रो सहयोगलाई अगाडि बढाउन उत्सुक छु। आउनुहोस् हामीसँगै हाम्रा जनताको हित, विश्वव्यापी शान्ति, स्थिरता र समृद्धिका लागि काम गरौँ।’
डोनाल्ड ट्रम्पले फ्लोरिडामा समर्थकहरूलाई सम्बोधन गर्दै आफ्नो विजयको घोषणा गरेका छन्। तर, उनको जितको औपचारिक घोषणा भने गर्न बाँकी छ।
303
Shares

प्रतिक्रिया