ad ad

साहित्य


तीन स्रष्टा एवं कृतिलाई यस वर्षको फेडोल सम्मान

तीन स्रष्टा एवं कृतिलाई यस वर्षको फेडोल सम्मान

नेपालखबर
भदौ १६, २०८१ आइतबार १६:१८, भक्तपुर

फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको सम्मान तथा लोकार्पण कार्यक्रममा तीन कृतिका स्रष्टालाई २०८१ सालको फेडोल उत्कृष्ट सम्मान प्रदान गरिएको छ । 

प्रतिष्ठानले शिवप्रसाद ढकाल (भक्त गाथा), खेमराज निरौला (क्रान्तिदूत) र अभय श्रेष्ठ (लहना र तीर) लाई सो सम्मान प्रदान गरेको जनाएको छ। स्रष्टाहरुलाई प्राडा माधवप्रसाद भट्टराईले उत्कृष्ट सम्मान प्रदान गर्दै नेपाली समाज र परिवेशेको प्रतिनिधित्व गर्दै नेपाली साहित्य अगाडि बढ्नुपर्ने बताए।

पुरस्कार ग्रहणपछि स्रष्टा अभय श्रेष्ठले कृति र स्रष्टाको मूल्याङ्कन गर्दै यस प्रकारले पुरस्कार र सम्मान गर्दा नेपाली साहित्यको विकास ठूलो टेवा पुग्ने बताए। कार्यक्रममा मोहन आचार्य, प्राज्ञ हेमनाथ पौडेल र रमेश शुभेच्छुकले उत्कृष्ट कृति र सम्मानित व्यक्तित्वका विषयमा चर्चा गरेका थिए।

कार्यक्रमका सभापति एवं प्रतिष्ठानका अध्यक्ष राममणि ढुङगेलले हरेक वर्ष विभिन्न श्रष्टा र साहित्यकारहरुलाई प्रदान गर्दै आएको पुरस्कार र सम्मानले साहित्यको विकाससंगै लेखकहरुमा थप उत्साह पुग्ने बताए। 

जनमत भक्तपुर विशेषाङ्क विमोचन
सोही कार्यक्रममा भक्तपुरका साहित्यकार र उनीहरुको सृजनालाई समेटेर प्रकाशन गरिएको साहित्यिक पत्रिका जनमतको भक्तपुर विशेषाङ्क सार्वजनिक गरिएको थियो।

साहित्यकार प्रा.डा. हेमनाथ पौडेल, प्रतिष्ठानका अध्यक्षन एवं जनमत भक्तपुर विशेषाङ्कका अध्धयक्ष राममणि ढुङ्गेल, कथाकार धनमान श्रेष्ठ, जनमत मासिकका प्रधान सम्पादक मोहन दुवाललगायतले जनमत भक्तपुर विशेषाङ्क सार्वजनिक गरे।

कार्यक्रममा स्रष्टाहरुले जनमत साहित्यिक पत्रिकाले देशभरका साहित्य एवं रचनालाई सङ्कलन गर्दै पाठकसम्म पुर्‍याउने भूमिका निर्वाह गर्दै आएको चर्चा गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .