ad ad

साहित्य


भोजपुरेको ‘मुसुक्क म’ बजारमा

भोजपुरेको ‘मुसुक्क म’ बजारमा

नेपालखबर
जेठ १०, २०८० बुधबार १४:५७, काठमाडौँ

पुराना गायक हिरण्य भोजपुरेको लघुकथा संग्रह ‘मुसुक्क म’ बजारमा आएको छ। संग्रहमा एक सय ८ वटा लघुकथाहरु छन्।

‘बाइरोडको बाटोमा धुलो उडाउँदै’ गीतका भोजपुरे आफू वरपरको परिवेशलाई सरल र रोचक शैलीमा वर्णन गर्न सिपालु छन्।

उमेरको उत्तरार्धमा पनि रमाइलो गर्नुपर्ने उनका कथाहरु पनि रोचक छन्।

कविता, कथा, उपन्यास र बाल साहित्यजस्ता विविध विधामा थुप्रै पुस्तक लेखिसकेका छन् भोजपुरेले।

संग्रहका अधिकांश कथाहरु एउटा पानामै सकिएका छन्। अझ कतिपय त एकदुई अनुच्छेदमै सकिएको छ। डेढ सय पृष्ठको पुस्तकलाई तीन सय ५५ रुपैयाँ मूल्य राखिएको छ।

‘मुसुक्क म’लाई नेपालयले एकसाथ भौतिक पुस्तक, इबुक र लेखककै वाचनमा अडियो बुकका रुपमा बजारमा ल्याएको पब्लिकेशन नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के बताउँछिन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .