चर्चित गायक तथा सङ्गीतकार अरुण थापाको २३ औँ स्मृति दिवस २०७९ का अवसरमा पाँचौँ अरुण थापा स्मृति साँझ सम्पन्न भयो।
भक्तपुर साङ्गीतिक समाजद्वारा आयोजित सो 'पाँचाैँ अरुण थापा स्मृति साँझ' मा गायकहरू रोशन धौभडेल, विनोदराज ढुङ्गेल, सत्यनारायण मानन्धर, लक्ष्मण पलिखेल, राजेश शाही, आधीश्री कसपाल र नवीन्द्रलाल कर्माचार्यलगायतले थापाका चर्चित गीत गाएका थिए।
त्यस्तै उनीहरुलाई वाद्यवादनतर्फ कृष्णसुन्दर सुजखु, महेन्द्र सिंख्वाल, सरोज केसी, श्रीजल मधिकर्मी, अनिश शाक्य र यजु आर्चाले साथ दिएका थिए।
कार्यक्रममा वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीलाई अरुण थापा स्मृति सम्मान प्रदान गरिएको थियो।
18
Shares
प्रतिक्रिया