ad ad

जीवनशैली


दैनिक ४ हजार पाइला हिँड्नुहोस्- मस्तिष्क बढ्छ, डिमेन्सिया र मुटुरोगको जोखिम घट्छ

दैनिक ४ हजार पाइला हिँड्नुहोस्- मस्तिष्क बढ्छ, डिमेन्सिया र मुटुरोगको जोखिम घट्छ

नेपालखबर
फागुन ३, २०८० बिहिबार ७:३३,

हर मौसममा मानिसहरु बिहान तथा बेलुकाको समयमा नजिकैको पार्क तथा सडकमा हिँडिरहेका देखिन्छन्। कहिले उनीहरु बिस्तारै हिँडिरहेका भेटिन्छन्, कहिले कुदिरहेका हुन्छन्। अध्ययनले यसरी दौडने अथवा हिँड्ने मानिसको दिमाग अन्य मानिसको भन्दा ठूलो हुने देखाएको छ।  दैनिक १० हजार पाइला हिँड्दा मुटु, दिमाग र शरीर स्वस्थ रहने बताइएको छ।

जर्नल अफ अल्जाइमर्स डिजिजमा प्रकाशित यस अध्ययनका अनुसार यदि दैनिक केही हजार पाइला मात्र हिँड्नुहुन्छ वा केही व्यायाम गर्नुहुन्छ भने तपाईंको मस्तिष्कको आकार बढ्न सक्छ। मस्तिष्कको आकार ठूलो हुनुको अर्थ हो– मस्तिष्क स्वस्थ छ, यसका सबै न्युरोट्रान्समिटरहरू ठीकसँग काम गरिरहेका छन्, अर्थात् डिमेन्सिया वा अल्जाइमरको जोखिम हुँदैन।

१० हजारभन्दा बढी मानिसमा गरिएको यस अध्ययनका अनुसार दैनिक केही हजार पाइला पनि हिँड्नेहरूको दिमाग अरूभन्दा ठूलो थियो।

अध्ययनका क्रममा धेरैले प्रश्न गरेका थिएः
दैनिक कति पाइला हिँड्दा हाम्रो दिमाग स्वस्थ रहन सक्छ?
हिँड्दा अरु के फाइदा हुन्छ?
अत्यधिक हिँड्दा स्वास्थ्यमा हानि हुन्छ कि हुँदैन?

प्यासिफिक न्युरोसाइन्स इन्स्टिच्युटको ब्रेन हेल्थ सेन्टरका निर्देशक तथा अनुसन्धानका लेखक डा. डेभिड मेरिलका अनुसार दैनिक मध्यम व्यायमले मानिसको दिमागमा सकारात्मक प्रभाव पार्छ। उनले दिनमा ४ हजार पाइला हिँड्नु पर्याप्त हुने बताएका छन्।  

व्यायामले मस्तिष्कलाई शक्ति दिन्छ
हैदरावादको यशोदा अस्पतालका जनरल फिजिसियन डा. करण उदेश तानुगुलाका अनुसार शारीरिक क्रियाकलापले मस्तिष्कमा रक्तसञ्चार बढाउँछ। जसका कारण मस्तिष्कमा अक्सिजन बढी पुग्छ अर्थात् मस्तिष्कमा शक्ति बढ्छ। यसले संज्ञानात्मक कार्यमा पनि सुधार गर्दछ।

मस्तिष्कमा रक्तसञ्चार राम्रो हुनाले मस्तिष्कको विकाससँग सम्बन्धित न्युरोट्रान्समिटर र रसायन बढी निस्कन्छ। नयाँ न्युरोन्स चाँडै विकास हुन्छ। व्यायमले मस्तिष्कको स्थितिमा पनि सुधार ल्याउने बताइएको छ।

मस्तिष्कको आकारले यसको स्वास्थ्यको बारेमा धेरै कुरा बताउँछ। यदि मस्तिष्कको आकार घट्दै गएको छ भने यो डिमेन्सियाको प्रारम्भिक लक्षण हुन सक्छ। हरेक दिन आधा घन्टा हिँड्दा पनि दिमागलाई स्वस्थ राख्न सकिने अध्ययनमा भनिएको छ।
नियमित हिँडडुल गर्नाले के फाइदा हुन्छ ?

प्रतिरक्षा प्रणाली बलियो हुन्छ
शरीर स्वस्थ रहनका लागि रोग प्रतिरोधात्मक क्षमता बलियो हुनु जरुरी छ। यदि, स्वस्थ आहारको साथसाथै, हरेक बिहान हिँड्नु मानिसको प्रतिरक्षा प्रणालीका लागि राम्रो पक्ष हो। बिहानको ताजा हावामा २० देखि ३० मिनेट हिँड्दा संक्रमण र रोगसँग लड्ने क्षमता बढ्छ।

तौल घटाउन सहयोगी
हरेक दिन आधा घण्टा तीव्र गतिमा हिँड्दा धेरै क्यालोरी नष्ट हुन्छ। अधिक क्यालोरी खपतले शरीरको तौल नियन्त्रणमा राख्छ। यसले धेरै रोगहरूको जोखिम स्वतः कम गर्न सक्छ।

हृदयाघातको जोखिम कम हुन्छ
कानपुर, मुटु रोग संस्थानका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अवधेश शर्मा भन्छन्, दैनिक हिँड्दा शरीरमा खराब कोलेस्ट्रोल (एलडीएल) घट्छ र राम्रो कोलेस्ट्रोल (एचडीएल) बढ्छ। यसले मुटु स्वस्थ राख्न मद्दत गर्छ। हृदयघात र स्ट्रोकको जोखिम कम गर्छ।

मधुमेह रोगीले राहत पाउँछन्
स्पोट्र्स मेडिसिनमा प्रकाशित एक अध्ययनका अनुसार खाना खाइसकेपछि हिँड्ने बानीले मुटुको स्वास्थ्यलाई राम्रो राख्न मात्र नभई शरीरमा रगतमा ग्लुकोजको स्तरलाई नियन्त्रणमा राख्न पनि मद्दत गर्छ। खाना खाएपछि ५ देखि १० मिनेटको छोटो पैदल यात्राले पनि रगतमा चिनीको मात्रा र इन्सुलिनको स्तर सन्तुलित राख्न सक्छ।

तनाव पनि कम हुन्छ 
दैनिक २० देखि ३० मिनेट हिँड्दा तनाव, डिप्रेसन र चिन्ताको स्तर कम हुन्छ। यस अवधिमा शरीरमा एन्डोर्फिन हर्मोनको स्तर बढ्छ, जसले तनाव कम गर्ने अथवा व्यवस्थापन गर्ने काम गर्छ। नियमित हिँडडुलले मानिसलाई राम्रो महसुस गराउँछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .