ad ad

जीवनशैली


सम्बन्ध रोमान्टिक बनाउने चार उपाय : प्रेमदेखि यौन आसनसम्म

सम्बन्ध रोमान्टिक बनाउने चार उपाय : प्रेमदेखि यौन आसनसम्म

नेपालखबर
असोज ११, २०७९ मंगलबार १३:५६, काठमाडौँ

हरेक मानिसलाई आफ्नो प्रेम वा वैवाहिक सम्बन्ध रोमान्टिक होस् भन्ने लाग्छ। तर, कतिपय कुरामा ध्यान नदिँदा सबैको सम्बन्ध भने यस्तो बन्न सक्दैन। अझ केहीको सम्बन्ध सुरुसुरुमा राम्रो हुन्छ भने समयसँगै बिस्तारै सम्बन्ध पनि फिका बन्दै जान्छ। 

त्यसैले सम्बन्ध दुवैको लागि चाखलाग्दो र रमाइलो बनाइराख्नाले वर्षौंसम्म पनि यो सम्बन्ध सुरुको जस्तै सुमधुर बन्न सक्छ। यहाँ आफ्नो सम्बन्धलाई सधैं रोमान्टिक बनाउने केही उपाय उल्लेख गरिएको छ– 

जिज्ञासु हुनु 
सम्बन्धमा एउटा नराम्रो कुरा के हो भने हामीलाई आफ्नो पार्टनरको बारेमा धेरै कुरा थाहा छ भन्ने भ्रम हुन्छ। त्यसैले हामी उनीहरुको कुरामा त्यति धेरै ध्यान दिँदैनौं। हामी सबै कुरा थाहा भएको जस्तो गर्छौं र उनीहरुको कुरा सुन्दैनौं। 

वास्तविकता भने त्यस्तो हुँदैन। मानिसहरु समयसँगै विकास हुँदै जान्छन् र केही न केही मात्रामा परिवर्तन पनि हुन्छन्। तपाईंलाई आफ्नो पार्टनरको मनपर्ने बानी, यौन आसन वा खानाको विषयमा जानकारी हुन सक्छ तर तपाईंले कहिल्यै दोहोर्‍याएर यो कुरा सोध्नुभएका छ?

विशेषगरी सम्बन्धमा एकअर्काप्रतिको जिज्ञासा व्यक्त गर्नका लागि पनि सुरक्षित स्थानको खाँचो पर्छ। बेलाबेलामा आफ्नो पार्टनरको रुचि र चासोको विषयमा पनि जानकारी लिने र बुझ्ने गर्नाले सम्बन्ध थप प्रगाढ बन्न सक्छ। 

नयाँ प्रयोग गर्नु 
सधैं एउटै प्रयोगले मानिसमा दिक्दारी उत्पन्न हुन सक्छ। सधैं बाहिर जाँदा मनपर्ने रेष्टुरेन्टमा जाने, मनपर्ने एउटै गतिविधिमा संलग्न हुने, एकै किसिमको यौन सम्बन्ध राख्ने र एउटै मानिसहरुसँग घुम्न जाने गर्नाले सम्बन्ध फिका बन्न सक्छ। यी गतिविधि सम्बन्धलाई बलियो राख्ने कार्य नै हुन् तर यसप्रतिको चाख भने पटक पटकको गतिविधिको कारण कम भइसकेको हुन्छ। त्यसैले फरक फरक प्रयोगको अभ्यास गर्नुपर्छ।

यस्तोमा बाहिर नै जानुपर्छ भन्ने पनि छैन, कहिलेकाहीं घरमा नै सामान्य तालिकाभन्दा केही फरक गर्न सकिन्छ। त्यस्तै यौन जीवन सुमधुर बनाउन पनि नयाँ यौन आसनको अभ्यास गर्ने वा फरक किसिमको माहोल बनाउनेजस्ता कार्य गर्न सकिन्छ। 

एकअर्कालाई ‘सरप्राइज’ दिनु 
सम्बन्धमा धेरै कुरा योजनाबद्ध तरिकाले गर्नुपर्छ। यद्यपि केही काम भने विना कुनै योजना एकअर्कालाई सरप्राइज दिने गरी गर्न सकिन्छ।

घरमा एकअर्काले सधैं गर्ने काममा सघाइदिएर, कुनै रोमान्टिक नोट लेखेर वा साताको अन्तिम दिन कतै बाहिर घुम्न लगेर पनि सरप्राइज दिन सकिन्छ। यस किसिमको कार्य खासै ठूलो नभए पनि यसले भावनात्मक हिसाबमा भने ठूलो अर्थ राख्छ। 

प्रेम जाहेर गर्नु 
तपाईंले यसअघि नै आफ्नो पार्टनरको मन जितिसक्नुभएको छ र अहिले तपाईंको सम्बन्ध पनि बलियो छ। तर, यसको अर्थ अब तपाईंको लागि प्रेमिल शब्दहरु जरुरी पर्दैन भन्नेचाहिँ होइन।

त्यसको उल्टो यस प्रेमिल शब्दहरुको सुरुवाती दिनको जस्तै प्रयोगले दुईजनाबीचको सम्बन्ध थप कसिलो बनाउन सहयोग पुग्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .