ad ad

जीवनशैली


वर्षायाममा बिरामी पर्नबाट बच्न के खाने, के नखाने?

वर्षायाममा बिरामी पर्नबाट बच्न के खाने, के नखाने?

नेपालखबर
साउन ५, २०७९ बिहिबार १४:१२, काठमाडौँ

वर्षायामले लामखुट्टेबाट सर्ने संक्रमण र अन्य रोगहरूको लागि अनुकूल वातावरण सिर्जना गर्छ।

त्यस्तै यो मौसममा तपाईंको शरीरको रोग प्रतिरोधात्मक क्षमता र शारीरिक क्षमता कम हुन्छ। त्यसैले वर्षायाममा बिरामी पर्न पानीमा भिजिरहनुपर्छ भन्ने जरुरी छैन। 

चिकित्सकहरुका अनुसार वर्षायाममा मानिसको पाचनशक्ति पनि कमजोर हुन्छ। त्यसैले वर्षायाममा आफ्नो खानपानमा ध्यान दिनु निकै जरुरी हुन्छ। 

हरियो सागसब्जी कम खाने 
हरियो सागसब्जी स्वास्थ्यका लागि निकै पौष्टिक र फाइदाजनक मानिन्छ । तर वर्षायाममा सागसब्जी खानु राम्रो हुँदैन । यो मौसमको तापक्रम र आदताको कारण हरियो सागसब्जीमा ब्याक्टेरिया र ढुसी बढ्छ। त्यसैले हरियो तरकारीबाट पेटमा संक्रमण हुने जोखिम हुन्छ। पानी परेको समयमा मेथीको पात, बन्दागोभी, काउलीजस्ता सागसब्जी खानुहुँदैन। यसको सट्टा, करेला, घिरौंलाजस्ता तरकारी आफ्नो खानामा समावेश गर्नु राम्रो हुन्छ। 

मासुबाट टाढा रहनु 

वर्षायाममा मासुहरु चाँडै बिग्रिन्छ। यो मौसम माछाको प्रजनन समय पनि हो, त्यसैले यो मौसममा माछा खानु राम्रो हुँदैन।  कुखुरा, खसीको मासु पनि छिटै बिग्रिने भएकाले वर्षाको समयमा मासु नखानु नै राम्रो हुन्छ। 

मासु खाने नै भए पनि राम्रोसँग पाकेको ताजा मासु खानुपर्छ। 

तेलमा तारेको खाना
धेरै मानिसलाई पकोडा, समोसाजस्ता तेलमा तारेको खानेकुरा मन पर्छ। वर्षायाममा पाचन प्रणालीले पनि राम्रोसँग काम नगर्ने भएकाले ग्यासको समस्या बढ्ने, एसिडिटी बढ्नेजस्ता पेटको समस्या देखिन सक्छ। 

यसबाहेक यो मौसममा दूषित खाना–पानीबाट हुने जण्डिस, हैजा, झाडापखाला जस्ता रोग पनि लाग्न सक्ने भएकाले पनि विशेष ध्यान दिनुपर्छ। 

सफ्ट ड्रिंक्स नखाने
सफ्ट ड्रिंक्सको कारण वर्षायाममा त्यसै पनि सुस्त चलिरहेको पाचन प्रणाली थप कमजोर बन्न सक्छ। 

त्यसैले यो मौसममा कागती पानी, जिरापानीजस्ता पेयपदार्थ सेवन गर्नुपर्छ । यसबाहेक अदुवाको चिया जस्ता तातो पेय पदार्थ प्रयोग गर्नुहोस्।

खुला फलफूल र जुस नखाने
सडक छेउमा पाइने फलफूल लामो समयसम्म राखिएको हुन्छ। यस्तोमा त्यस्ता फलफूलमा कीटाणुहरु हुने सम्भावना हुन्छ। यसले स्वास्थ्यमा नोक्सानी पुर्‍याउन सक्छ।  त्यस्तै बाहिर पाइने फलफूलको जुस पिउनु उचित हुँदैन किनभने यसले टाइफाइड, बान्ता र पखाला लाग्न सक्छ। घरमै ताजा फलफूलको रस निकालेर तुरुन्तै प्रयोग गर्नु राम्रो विकल्प हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .