ad ad

जीवनशैली


विवाहअघि जान्नुपर्ने पाँच कुरा

विवाहअघि जान्नुपर्ने पाँच कुरा

नेपालखबर
साउन ४, २०७९ बुधबार १५:२८, काठमाडौँ

विवाह जीवनको महत्वपूर्ण चरण हो। यो चरणमा प्रवेश गरेपछिको अवस्था पहिलाको जस्तो हुँदैन। विवाह भएपछि मानिसमा श्रीमान्/श्रीमतीप्रतिको आफ्नो दायित्व पनि पूरा गर्नुपर्ने हुन्छ। त्यस्तै आफ्नो वैवाहिक सम्बन्ध राम्रो राख्न केही बानीको विकास गर्नु जरुरी हुन्छ।

यहाँ विवाहोत्तर सम्बन्ध सुमधुर बनाउन आवश्यक पर्ने केही कुराहरु उल्लेख गरिएको छ – 

१. ठूलो अपेक्षा नराख्नु 
मानिसहरु विभिन्न फिल्ममा देखाइएका दृश्य र साथीभाइको कुरा सुनेर आफ्नो विवाहोत्तर सम्बन्धको बारेमा पनि धारणा बनाउँछन्। तर, वास्तविकता भने सोचेको जस्तो हुँदैन। त्यसैले विवाहपछि धेरै अपेक्षा गरेर धारणा बनाउन हुँदैन। त्यस्तै आफूले सोचेको जस्तो नभए पनि मिलेको खुसीमा रमाउन सिक्नुपर्छ। 

२. आफ्नो कामको सम्मान गर्नुहोस् 
जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा आफूले गरिरहेको कामको सम्मान गर्नु पनि हो।

कुनै पनि नोकरी वा व्यवसायलाई नराम्रो भनेर चित्त दुखाउनाले तपाईंको काम नराम्रो भन्ने भान परिवारमा पर्छ र यो कुराले कहिलेकाहीँ समस्या सिर्जना गर्न सक्छ। त्यस्तै काममा चित्त बुझेको छैन भने उचित विकल्प खोजेर मात्र कदम चाल्नुपर्छ। 

३. सानो कुरामा ध्यान दिनु 
धेरैलाई असर पार्ने व्यावहारिक कुरामा त मानिसहरु सतर्क नै हुन्छन् तर विवाहपछि भने अन्य मानिसलाई असर नपार्ने सामान्य कुराहरुमा पनि ध्यान दिनुपर्ने हुन्छ।

उदाहरणको रुपमा कोठा मिलाउने शौचालय सफा गर्ने, नुहाएपछि तौलिया घाममा सुकाउनेजस्ता बानी बसाल्नुपर्छ।

४. घरको जिम्मेवारी बाँडफाँट गर्नु
घरको सम्पूर्ण कामहरु आफूले मात्र गर्नुपर्छ वा अरुले मात्र गरिदिओस् भन्ने भावना कहिले पनि राख्नुहुँदैन।

घरमा एउटाले खाना बनाउने काम गरेको छ भने अर्कोले सरसफाइलगायतका अन्य काम गर्न सकिन्छ। यसले एउटालाई मात्र काम गर्नुपरेको आभाष पनि हुँदैन भने एकअर्काप्रतिको सम्मान पनि बढ्छ। 

५. परिवारका अन्य सदस्य र साथीभाइसँग राम्रो सबन्ध राख्नु 
विवाह भइसकेपछि परिवारका अन्य सदस्य र साथीभाइहरुलाई नबिर्सिनुहोस्।

जीवनमा साथीभाइ र आफन्तको पनि आफ्नै महत्व हुन्छ। त्यसैले सबैसँग राम्रो सम्बन्ध कायम राख्नुपर्छ।

उनीहरुले पनि तपाईँलाई स्वस्थ, खुसी र मानसिकरुपमा स्वस्थ राख्न सहयोग गर्छन्। त्यस्तै आफ्नो पति वा पत्नीलाई पनि पर्याप्त समय दिनुपर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .