नेपालखबर डटकमका कोसी प्रदेश संवाददाता सुमन सुस्केराले प्रदेश खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिएको छ।
प्रदेश खेलकुद विकास बोर्डले पत्रकारिता क्षेत्रमार्फत खेलकुदको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै शनिबार नेपालखबरकर्मी सुस्केरालाई नगदसहित सम्मान गरेको हो।
कोसी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय तथा प्रदेश खेलकुद विकास बोर्डद्वारा आयोजित विशेष कार्यक्रममा सुस्केरालाई ९ हजार ९९९ पुरस्कार र सम्मानपत्र प्रदान गरिएको हो।
सुस्केरासहित पत्रकारहरू अभय राई, विकल पौडेल, अनिल श्रेष्ठ, रमा दाहाल र गुरु ढकाललाई पनि सम्मान तथा पुरस्कार दिइएको हो।
पत्रकारले प्रदेशका खेलकुद गतिविधिका समाचार निरन्तर सम्प्रेषण गरी आम नागरिकसम्म पुर्याएकाले सम्मान गरिएको प्रदेश खेलकुद विकास बोर्डका अध्यक्ष तथा सामाजिक विकास मन्त्री पाँच कर्ण राईले बताए।
मन्त्री राईले भने,`संघीय सरकारले प्रदेशलाई आवश्यक बजेट र कार्यक्रम नै नदिँदा समस्या भएको छ। यस्तो परिस्थितिमा पनि पत्रकारहरूले प्रदेशको खेल गतिविधि उजागर गरिरहेका छन्, जुन प्रशंसायोग्य हो।´
पत्रकारलाई सम्मान तथा पुरस्कार खेलकुद मन्त्री तेजुलाल चौधरी, प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (परशुराम) ले सम्मान संयुक्त रूपमा हस्तान्तरण गरेका थिए।
कार्यक्रममा प्रदेशका खेलाडी, प्रशिक्षक तथा पत्रकारहरूको उल्लेख्य उपस्थिति थियो।
Shares

प्रतिक्रिया